+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अटो

बजाज ग्रान्ड कार्निभल : एकै ठाउँमा मोटरसाइकल, फाइनान्स, रमाइलो र उपहारको मेल

‘बजाज ग्रान्ड कार्निभल’ — मोटरसाइकल किन्नु मात्रै होइन, अनुभव गर्नुपर्ने कार्यक्रम भएको आयोजकको दाबी छ।

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, वैशाख १६ — मोटरसाइकल खरिद गर्न चाहने उपभोक्ताका लागि बजाजले “ग्रान्ड कार्निभल” मार्फत एकै छानामुनि सुविधा, रमाइलो र छूटको संयोजन ल्याएको छ। हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले भृकुटीमण्डपमा वैशाख १६ देखि २१ गतेसम्म आयोजना गर्न लागेको यो कार्यक्रम ग्राहकमैत्री र नविनतम योजनाको उदाहरण बनेको छ।

ग्रान्ड कार्निभलमा सहभागी हुने ग्राहकले २० भ्यालुयटर्स मार्फत उच्चतम मूल्यांकन, स्थलगत फाइनान्स प्रक्रिया तथा निःशुल्क असेसोरिज जस्ता सुविधा प्राप्त गर्नेछन्। अझ रमाइलो कुरा, कागजातहरूको झन्झटिलो प्रक्रिया पनि अब इतिहास बन्नेछ — घरजग्गा प्रमाण, बिजुली/पानीको बिल वा आय प्रमाणपत्र नचाहिने व्यवस्था कम्पनीले गरेको छ।

किस्ताबन्दीमा मोटरसाइकल किन्न चाहने ग्राहकका लागि मात्र एक घण्टामा ऋण स्वीकृति र ९.९९% ब्याजदरमा सहज फाइनान्सको व्यवस्था गरिएको छ, जुन आम प्रयोगकर्ताको लागि सहज र आकर्षक विकल्प हो।

कार्यक्रम केवल मोटरसाइकल किनबेचमा सीमित छैन, गेम जोन, टेस्ट राइड, र परिवारसँग रमाइलो गर्ने वातावरण समेत निर्माण गरिएको छ, जसले यो कार्निभललाई पूर्ण मनोरञ्जनात्मक मेलाको रुप दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ