काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल अमेरीकामा सम्पन्न यातायात सम्वन्धि एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर स्वदेश फर्कनु भएको छ ।
अमेरीकाको वासिङ्टन डीसीमा मार्च १० देखि विश्व वैंकको आयोजीत ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन २०२५’ मा भाग लिन गत फागुन २४ गते मन्त्री दाहाल नेतृत्वको टोलि त्यस तर्फ गएको थियो ।
उहाँ विश्व वैंकको प्रधान कार्यालयमा ‘सस्टेनेवल ट्रान्सपोर्ट मिनिष्टेरीयल राउण्ड टेवल’ को उद्घाटन शत्र तथा ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन’ मा नेपालको नेतृत्व गर्दै सहभागी हुनु भयो ।
उक्त कार्यक्रमलाई संवोधन गर्दै मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय दृष्टिकोणको महत्व दर्शाउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकता बारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्नु भएको थियो ।
सडक सञ्जालको सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उहाँले, ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारी साधनको लागत न्यूनतम राख्ने, र छोटा सडक सञ्जालको स्तरोन्नति गर्ने योजनाहरु प्रस्तुत् गर्नु भएको थियो ।
यस्तै मन्त्री दाहाल अमेरिका स्थित नेपालको राजदुतावासमा आयोजीत भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनुभयो भने नेपाली समुदायले आयोजना गरेको अन्तरक्रियालाई पनि संवोधन गर्नु भएको थियो ।