+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

‘श्रमसंसार’ पोर्टलमार्फत युवालाई गाउँमै रोजगारी दिने आशा: मन्त्री भण्डारी

सरकारले ‘श्रमसंसार’ पोर्टल यही मे १ अर्थात् विश्व मजदुर दिवसका दिन सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

जनवाच
७ घण्टा अगाडी

काठमाडौं, वैशाख १६ — अब देशभित्रको रोजगारीबारे स्पष्ट सूचना पाएर युवाले गाउँमै अवसर देख्न सक्नेछन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युवालाई सही सूचना नपाएर अवसर गुमाउनु परेको यथार्थ औंल्याउँदै, ‘श्रमसंसार’ पोर्टलले रोजगारी खोज्ने प्रणालीमा सामाजिक क्रान्ति ल्याउने विश्वास व्यक्त गरेका छन्।

मंगलबार मन्त्रालयमा आयोजित सरोकारवालासँगको छलफलमा मन्त्री भण्डारीले, “देशमा क्षमता छ, तर जानकारी छैन। यही अभावकै कारण गाउँ-गाउँका युवाहरू रोजगारका नाममा ठगिंदै आएका छन्,” भन्दै ‘श्रमसंसार’ पोर्टल यस समस्याको दीर्घकालीन समाधानको रूपमा अगाडि ल्याइएको बताए।

भण्डारीका अनुसार, पोर्टल केवल सूचना प्रवाहको माध्यम नभई युवामा आत्मविश्वास र श्रमको सम्मान जगाउने औजार हुनेछ। उनले भने, “अबको युगमा सूचना नहुँदा अवसर गुम्नु हुँदैन। हामी त्यसलाई अन्त्य गर्न चाहन्छौं।”

उनले बताएअनुसार, यो पोर्टल मार्फत सबै स्थानीय तहसम्म स्वदेश तथा वैदेशिक रोजगारीका अवसरको एकीकृत जानकारी पुग्नेछ, जसले ‘विचौलियाको’ चलनलाई समाप्त गर्नेछ। “स्थानीय तहमै उपलब्ध अवसर थाहा पाएपछि गाउँको युवालाई नै ठग्न कठिन हुनेछ,” मन्त्री भण्डारीको भनाइ थियो।

सहभागी सरोकारवालाहरूले पोर्टलको कार्यान्वयनमा स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य हुने सुझाव दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ