जीरो इमिसन राइड एनको आयोजनामा भएको विशेष इलेक्ट्रिक स्कुटर राइडिङ ईभेन्ट हिजो ऐतिहासिक स्थल कालु पाँडे डाँडामा सफलतापूर्वक सम्पन्न भएको छ ।
यस कार्यक्रमले इलेक्ट्रिक स्कुटरको वातावरणीय महत्व, दिगो यातायातको सम्भावना, र नेपालको हरित भविष्यप्रति चेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ ।

कार्यक्रमका मुख्य आकर्षणहरू
सहभागीहरूको उपस्थिति : Mrs. Nepal World का विजेता, मिडिया प्रतिनिधि, र अन्य सहभागीहरूले कार्यक्रमलाई थप विशेष बनाएका थिए ।
कालु पाँडे डाँडाको ऐतिहासिक र मनमोहक दृश्यः सहभागीहरूले यस स्थलको सौन्दर्यलाई फोटोसुट र भिडियोमार्फत कैद गरेका थिए ।
इलेक्ट्रिक स्कुटरको विशेषता र प्रयोगबारे चर्चाः सहभागीहरूले वातावरणमैत्री प्रविधि, र दिगो यात्राको सम्भावनाबारे जानकारी लिएका थिए ।
पर्यटन प्रवद्र्धनः नेपालको सुन्दर स्थलहरूको प्रचार गर्न कार्यक्रम प्रभावकारी देखियो ।
उक्त इभेन्टमा मिसेस नेपाल वर्ल्ड कि विनर डा. डेनिला कार्कि, मिसेस नेपाल इन्टरनेशनल सुयशा राउत र एम एस नेपाल इन्टरनेशन रेश्मा घिमिरेको सहभागिता थियो भने होस्ट मिसेस नेपाल वर्ल्ड कि सेकेण्ड रनरअप किरण कार्किले गर्नुभएको थियो ।
जीरो इमिसन राइड एनका बिक्रि प्रमुख शंकर शर्माका अनुसार, “यो ईभेन्टले न केवल इलेक्ट्रिक स्कुटरको महत्वलाई उजागर र्गयो, तर सामाजिक उत्तरदायित्व, महिलाहरूको सशक्तीकरण, र हरित भविष्यप्रति सचेतना जगाउन ठूलो योगदान पुर्यायो ।”
Mrs. Nepal World 2024 की विजेता डा. डेनिला कार्किले वातावरण जोगिने मात्र नभई हाम्रो मुलुकको आर्थिक हिसाबले पनि उपयुक्त विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिने यस्तो कार्यक्रममा सहभागिता जनाउन पाउँदा आफुलाई खुसी लागेको बताउनुभयो ।