काठमाडौं – थुप्रै टुटफुट विभाजन र एकताबाट बनेको पार्टि हो माओवादी बन्नु भन्दा अगाडी मशाल हुँदै संयुक्त जनमोर्चा थियो र २०४६ सालको प्रजातन्त्र पश्चात २०४८ को आम निर्वाचनमा ९ वटा सिट ल्याएर सांसदको तेस्रो शक्ति बनेको थियो आम निर्वाचन पछि काँँग्रेशका गिरीजा प्रसाद कोइरालाको बहुमतको सरकार बन्यो र आन्तरिक कारणले नै ढल्यो कोइरालाले २०५१ मा मध्याव्धी चुनावको घोषणा गरे जसलाई (मध्याव्धीलाई) संयुक्त जनमोर्चा नेपालले मध्याव्धी चुनाव बहिस्कार गर्ने निति लिएर आफ्नो क्रान्तिको तयारी गर्ने योजना बनायो तत्कालीन चुनावी पार्टी जनमोर्चा र आन्तरिक पार्टी एकता केन्द्र भित्र भावि क्रान्ति र चुनावको बहस चल्यो क्रान्ति गर्ने उद्धेश्य सहित बहुमत सदस्यले माओवादी पार्टिको निर्माण गरे ।
जनयुद्धको सुरुवात र विरासत
जनयुद्ध आफैमा एैतिहासिक कदम थियो । खासगरी दुर्गम र दुरदराज क्षेत्रबाट पहल गरिएको राजनैतिक जागरण एवंम सचेतना थियो । सुरुका दुख कष्ट र संघर्सका बिचबाट माओवादी फैलिदै गयो । संयोग मान्नु पर्छ त्यतिबेला पश्चिम नेपालका पहाडहरुका बनमा एउटा घाँस फैलियो जसलाई बनमारा भनिन्छ जसको बिशेषता तिव्र विस्तार जहाँ फ्याके पनि जाग्ने, जलाए पनि नष्ट नहुने जसको कारण सारै बनहरु ढाक्यो कतिपएले यसलाई माओवादी झार पनि भन्न थाले आफ्नो संघर्सको बिचबाट तत्कालिन राज्य र त्यसका अबयब बिरुद्ध सफलता प्राप्त गर्दै गयो ।
खुकुरी र लठ्ठि बाट सुरु गरेको युद्धले स्वचालित हतियार सम्म प्रयोग गर्न सक्षम भयो । सिमित ब्यक्तिबाट सुरु गएिको अभियान ब्यापक जनलहरमा बदलिदै गयो । त्यसको लागि माओवादीले कठोर त्याग, तपस्या, अमुल्य क्षति र थुप्रै उतार चढाव व्यहोर्नु पर्यो । इतिहासमै आफ्नै जनसेना, जनसत्ता र जनकानुन समेत निर्माण गर्यो ।
२०६१ साल सम्म आउँदा करिव ८०÷८५ प्रतिशत नेपाली भुगोलमा आफ्नो पकड देखाउन सफल भयो जसलाई राष्ट्रिय अन्तराष्ट्रिय स्वतन्त्र संस्थाले समेत पुष्टि गरे ठिक त्यतीबेलै तत्कालीन राजा ज्ञानेन्द्र ले संसदीय राजनितिमा “कु” गरे र संसदवादी राजनितिक दलहरुपनि “कु” का बिरुद्ध आन्दोलित भए ।
जसले गर्दा संसदवादी नेताहरु राजाको जेल, नेल, दमन र निगरानिमा परे यसै परिवेशमा बामपंथी दलहरु र गिरीजा प्रसाद कोइरालाको भुमिकामा प्रसिद्ध सिलगुडि वार्ता, रोल्पा भेटघाट हुँदै माओवादी र संसदवादी दलहरु बिचमा १२ बुँदे सम्झौता भयो ।
त्यही सम्झौताको जगमा नेपालको राजनितिले नयाँ मोड लियो । माओवादीको फौजि संघर्सको ब्याक सपोर्टमा १९ दिन चलेको आन्दोलन र जसलाई १९ दिने जनआन्दोलन पनि भनिन्छ यसको विजय संगै संसाद दलहरु माथिको प्रतिबन्द हट्यो र नेताहरु मुक्त भय भने माओवादी आन्दोलन शान्तिपुर्ण बाटोमा आउने बाताबरण बन्यो गिरीजा प्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम सरकार निर्माण भयो ।
यसै बिच प्रधानमन्त्रि गिरीजा प्रसाद काईराला र माओवादी अध्यक्ष प्रचण्ड बिच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भयो । शान्ति पक्रियाको सुरुवात संगै माओवादी गाउँबाट शहरमा बिस्तार भयो । फल स्वरुप २०६४ को आम चुनावमा माओवादी देशकै ठुलो पार्टि बन्यो र प्रत्यक्ष तर्फ एकल बहुमत नै प्राप्त गर्योे ।
एस सन्दर्भमा यहाँ चर्चा गर्न खोजिएको बिषय चाँही माओवादीको सफलता, उचाई, असफलता र बिरासत नै हो ।
माओवादी सफलताका आधारहरु
१. माओवादी संग भएको सहि बिचार र कार्यदिशा ।
२. राष्ट्र र जनताको लागि भिजन र दृष्टिकोण सहि भएको जनपक्ष क्रान्तिकारी पार्टि (माओवादी) बलियो जनसैन्य टिम ।
३. कुशल नेतृत्व (प्रचण्डको नेतृत्वमा) टिम ।
४. कुशल नेतृत्वको आदेशमा परिचालित र संचालीत हजारौँ नेता तथा कार्यकर्ताहरुको पंत्ति ।
५. गहिरो जनसम्बन्ध (अपार जनताको सहयोग र माया) ।
६. तत्कालिन शाषकहरुको बेथिति भष्ट्रचारी प्रवृतिले छाएको जनतामा निराशा ।
७. तत्कालिन शाषकहरुलाई गरेको अन्तराष्ट्रिय क्षेत्रको पहिला सहयोग पछि असहयोग ।
८. जनताको शुसासन, सुव्यवस्था र नयाँ नेपालप्रतिको उत्कट चाहाना ।
९. माओवादीले उठाएका स्वशासन, अधिकारका लागी जनप्रिय र जनपक्षि एजेण्डा ।
माओवादी कमजोर (असफलता) हुनका कारणहरु
१. माओवादीको बिचार र दृष्टिकोणमा अलमल पर्नु खासगरी क्रान्तिको समयकै कार्यदिशालाई पकडी राख्नु । २०६४ मा भद्रगोलमा गोल हानेपनि शान्तिपुर्ण प्रतिस्पर्धाको रणनितिमा अन्योल रहनु ।
२. पार्टि फुट र बिभाजनको सिकार हुनु । जस्तै आज माओवादी केही रेर्कडेट र सुन्नमा समेत आएका २८ टुक्रामा विभाजन भएको छ । जसको कारण जनमत र जनसम्बन्ध पनि बिभाजित हुने नै भयो ।
३. जनसम्बन्धमा दरार पर्नु – नेता कार्यकर्ताको जिवनशैलीमा आएको परिवर्तनका कारण नेता कार्यक्रकर्ता, जनता संगको सम्बन्धमा संकट पर्नु ।
४. माओवादी नेतृत्वबाट जनअपेक्षा पुरा नहुनु ।
५. माओवादी माथि देश भित्रका सबै पु्राना शक्तिहरु र घेराबन्दि गर्न केन्द्रित हुनु ।
६. माओवादीले आफ्नो विगत भुल्नु ।
७. माओवादी सरकारमा हुँदा गरेका राम्रा कामहरु जनतामा स्थापित गर्न नसक्नु ।
८. चुनावमा माआवादी गठबन्धन र तालेमेलमा लाग्नु । जसको कारण आफ्नो धरातलमा समेत अरुलाई स्थापित गर्नु ।
९. एमाले संग एकता गरी पार्टि मर्ज गर्नु र एकता समेत असफल हुनु ।
आफ्नो बिरासत फर्काउन गरिरहेको प्रयत्न
१. विकसित राष्ट्रिय र अन्ताराष्ट्रिय परिस्थित सहित शान्तिपुर्ण चुनावी अथवा शान्तिपुर्ण संसदिय प्रतिस्पर्धाको लागि स्पष्ट बिचार दृष्टिकोण, रणनिति र कार्यनितिको अभावलाई आसन्न महाधिवेशन बाट हल गरि नयाँ समाजवादी मुल्यमान्यताको विकास गर्न लागिएको प्रयत्न ।
२. फुट र विभाजनमा परेका सम्पुर्ण माओवादी घटकलाई केन्द्रित गर्ने गरि अझ समाजवादी गणतन्त्रवादी र राष्ट्रवादी शक्तिहरुलाई समेत समेटेर बृहत मोर्चा र समाजवादी पार्टि समेत निर्माण गर्न गरिएको प्रयत्न ।
३. नेता कार्यकर्ताको सम्बन्धमा घनिष्टता बढाउने गरी बैठक, छलफल, विधि प्रक्रियागत तरिकाले निर्णय गर्ने र कार्यंन्वयनमा समेत जाने गरि आन्तरिक जिवनमा आवश्यकता अनुसार प्रतिस्पर्धात्मक ढंगले संगठनको अपडेट गर्ने प्रयत्न ।४. अभियान मार्फत जनलेवल सम्म पुगि जनताको, सुभचिन्तकका सुझावहरु, र गुनासाहरु संकलन गरिरहेको छ । विगत केही महिना अगाडि गरेको “घरघरमा माओवादी, जनजनमा माओवादी” चलाईएका अभियान र हालै हुलाकी राजमार्ग केन्द्रित र केहि पछि हुने मध्य पहाडि अभियान मार्फत गरिएका र गरिने प्रयत्न ।
५. आफ्नो बर्ग, धरातल, सहिदपरिवार, बेपत्तापरिवार र भुँई मान्छेको सम्बन्धमा युद्धकालिन तरिकाले नविकरण गर्न गरिएको प्रयत्न ।
६. नेता कार्यकर्तामा, कार्यकर्ताजनतामा जाने विधि तय गरि हरेक सदस्यको कार्यक्षेत्र मार्फत आफ्नो जिम्मेवारीमा जान गरेको निर्देशन र गरिएको प्रयत्न ।
७. राष्ट्र जनताको विषयमा वैकल्पिक भिजन र दृिष्टकोणमा क्लियर गर्दै पुराना पार्टिहरुमा अब्बल र फरक देखाउन गरिएको प्रयत्न ।
८. सरकारमा हुँदा गरेका जनपक्षियकामहरु स्थापित गर्दै पछिल्लो पटक प्रचण्ड सरकारमा हुँदा गरेका भष्ट्रचार विरोधि अभियान र पहल मार्फत शुसासन र सुव्यवस्थाका लागि गरिएको प्रयत्न ।
९. चुनावी तालमेल हैन आफ्नो बलबुतामा, आफ्नै धरातलमा भरपरेर नयाँ एजेण्डा सहित जनतामा जान गरिएको प्रयत्न ।
निचोड
कठिन परिस्थितिबाट जन्मिएको, हुर्किएको, विकसित भएको, ठुलो बनेको र हेर्दाहेर्दै सानो बनेको अनुभव सहित आफुलाई अगाडि बढाउनै पर्दछ । अध्यक्ष प्रचण्डले माथि पेश गरिएका सफलता, असफलता र सम्भावनाका आधारहरुको नेतृत्व आफै गरिहेको प्रष्ट देख्न सकिन्छ प्रचण्डको पहलकदमी र सक्रियताको निचोड फेरी यो देशको आशा विश्वास र भरोसा को बैकल्पिक शक्ति माओवादी नै हो भन्ने महशुस गराउनै पर्दछ । पुर्व पश्चिम, हिमाल पहाड मधेश र गाउँ शहरको यात्रामा प्रचण्डको भ्लादमीरपुर्टिन शैलीमा मोर्निङ्गवाकबाट सुरुहुने दिनचर्या, निरन्तर अन्तरक्रिया, छलफल, जनभेटघाट, जनसभा, संसद भित्रका सम्बोधन, धरातलमा आलोचित सहित एकागरता, प्रतिस्पर्धि संग तिखो मुकावला अझ आवश्यक बलिदानको लागि खुल्ला तत्परता, विगतको सपना र आदर्श पुरा गर्ने प्रतिवद्धता सहित ब्यक्त त्रियाशिल हुटहुटीले माओवादीलाई पुरानो विगत र उचाईमा पुर्याउन अवश्य सम्भव छ ।
लेखक
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य हुन् ।