+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

फेसन उद्योगमा नयाँ आयाम: ‘Choose Me’ ले काठमाडौंमा दोस्रो आउटलेट खोल्यो

जनवाच
१ महिना अगाडी

काठमाडौं । नेपाली फेसन उद्योगमा नयाँ ट्रेन्ड स्थापित गरिरहेको ‘Choose Me’ ब्रान्डले आफ्नो दोस्रो आउटलेट काठमाडौं महल, सुन्धारामा भव्य रूपमा उद्घाटन गरेको छ। पहिलो शाखा पाटनमा खोलेर सफल व्यवसायिक पहिचान बनाइसकेको रिना जोशी (Choose Me दिदी) ले राजधानीको व्यस्त केन्द्रमा नयाँ स्टोर थपेकी हुन्।

काठमाडौं मल्लको Entrance Level, Shop No. 109 मा खुलेको नयाँ आउटलेटको उद्घाटन कार्यक्रममा फेसनप्रेमीहरू, व्यवसायी, तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो। फेसनप्रेमीहरूले ‘Choose Me’ का हट कलेक्सन अवलोकन गर्दै उत्साहपूर्वक किनमेल गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै रिना जोशी ले फेसनलाई केवल कपडा नभई आत्मविश्वासको प्रतीकका रूपमा परिभाषित गरिन्।
“‘Choose Me’ को सुरुवात गर्दा मैले सोचेको थिएँ – नेपाली महिलाका लागि स्टाइलिस, गुणस्तरीय र सुलभ फेसन उपलब्ध गराउने। ग्राहकहरूको माया नै मेरो सबैभन्दा ठूलो शक्ति हो। तपाईंहरूको साथ र समर्थन सधैं रहोस् भन्ने मेरो चाहना छ।” – जोशीले भनिन्।

सामान्य शिक्षिकादेखि सफल उद्यमी बनेकी रिना जोशी सामाजिक सञ्जालमा ‘Choose Me दिदी’ को रूपमा चर्चित छिन्। टिकटक र फेसबुकमा भाइरल हुने उनको मिठासपूर्ण शैलीले उनलाई थप लोकप्रिय बनाएको छ। केही वर्षअघि सानो सपना देखेर व्यवसाय थालेकी जोशीले आज नेपाली फेसन बजारमा नेपाली उत्पादनलाई ग्ल्यामरस ब्रान्डका रूपमा स्थापित गर्न सफल भएकी छिन्।

कटनका कुर्था, सुरवाल, र सारी प्रमुख आकर्षण रहेको ‘Choose Me’ ले नयाँ आउटलेट ओपनिङको अवसरमा १०% छुट समेत उपलब्ध गराएको छ। ‘The Style You Love, Now Closer to You!’ नारासहित सञ्चालनमा आएको यो स्टोर फेसनप्रेमीहरूको ‘Must Visit’ गन्तव्य बन्ने विश्वास गरिएको छ।

रिना जोशीले ग्राहक, शुभेच्छुक, र फेसनप्रेमीहरूलाई सम्बोधन गर्दै भनिन् –
“तपाईंहरूको माया बिना यो सम्भव हुने थिएन। साथमा हुनुहुन्थ्यो, साथमा हुनुहुन्छ, सधैं साथमा रहनु होला!”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ