+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय शिक्षक संगठन बरेङ गाउँ समितीले बुझायो ध्यानाकर्षण पत्र

जनवाच
८ महिना अगाडी

ईपरी न्यूज बरेङ, साउन ४ गते ।
राष्ट्रिय शिक्षक संगठन बरेङ गाउँ समितीले शुक्रबार गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद शर्मालाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

पछिल्लो शिक्षा सम्बद्ध विषयबस्तुमा समग्र देश र जिल्लाब्यापी रूपमा उठाइएका शैक्षिक मुद्धाहरूमा पालिकाले गर्न र खेल्न सक्ने भूमिकामा अब्बल देखिएको बरेङ गाउँपालिकालाई धन्यवाद दिँदै संविधान, शिक्षा ऐन, नियमावली अनुसार सबै प्रकारका शिक्षकहरू र शिक्षा सम्बद्ध व्यक्तिहरूको हकहितका लागि थप कार्यक्रम तर्जुमा, सहयोग र समन्वय गरियोस भन्ने ध्यानार्कषण पत्रमा लेखिएको छ ।

भद्र बार्ता, सुझाव, सहमति र सहकार्यका लागि अपेक्षा गर्दै राष्ट्रिय शिक्षक संगठन बरेङ गाउँ समितीका सचिव सुन्दर श्रेष्ठले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र तल

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ