+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा प्रतीक्षित ‘Winger’ इलेक्ट्रिक स्कुटर आइपुग्यो

जनवाच
२ महिना अगाडी

नेपाली बजारमा इलेक्ट्रिक स्कुटरप्रति बढ्दो रुचिसँगै Zero Emission Ride N ले अत्याधुनिक प्रविधिसहितको Winger इलेक्ट्रिक स्कुटर भित्र्याएको छ। उत्कृष्ट डिजाइन, मजबुत बनावट, शक्तिशाली मोटर र उच्च ब्याट्री क्षमताका कारण Winger स्कुटर नेपाली उपभोक्तामाझ निकै प्रतिक्षित मोडेल थियो। अब यसको आगमनसँगै ग्राहकहरूले अझ राम्रो रेञ्ज, सुरक्षासहितको सवारी सुविधा र टिकाउपनको अनुभव लिन सक्नेछन्।

यस स्कुटरमा ७२V ३८Ah Graphene Battery तथा ७२V ४०Ah Lithium-ion Battery का दुई भेरियन्ट उपलब्ध छन्। Graphene Battery भेरियन्टले १००+ किलोमिटर रेञ्ज प्रदान गर्छ भने Lithium-ion Battery भेरियन्टले अझ बढी रेन्ज दिने विश्वास कम्पनीको छ ।। साथै, २०००W रेटेड ३९००W पिक पावर मोटर जडान भएकाले यसको तान्ने क्षमता निकै राम्रो छ, जसले सहजै उकालो बाटो चढ्न मद्दत गर्छ। Winger को टप स्पीड ६५ km/h रहेको छ भने देखि घण्टाभित्रै Full चार्ज हुने विशेषता यसमा छ।

यसमा १२ इन्चको व्हिल भएकाले पनि अप्ठेरो बाटोमा चलाउन खासै समस्या नहुने देखिन्छ । साथै दुबै पाँग्रामा डिस्क ब्रेक भएकाले सुरक्षित रुपमा कन्ट्रोल गर्न सजिलो हुनेछ । अगाडि खुट्टा राख्ने ठाउँको स्पेस पनि प्रशस्त छ । साथै यसमा पछाडि क्यारियर बक्स समेट फ्रिमा दिइने कम्पनीले जनाएको छ ।

डिजाइन र सुविधाका हिसाबले पनि Winger आधुनिक छ। यसको ठूला टायरहरू, NFC कार्ड स्टार्ट सिस्टम, एन्टीथेफ्ट अलार्म, ह्वील लक, ह्याजार्ड लाइट, पार्किङ सेन्सर, साइड स्ट्यान्ड सेन्सर, रिभर्स गियर मोड, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका उन्नत प्रविधिहरूले सुरक्षासहितको आरामदायी यात्रा गर्न मद्दत गर्दछ।

७२V ३८Ah Graphene Battery भेरियन्टको मूल्य रु. ,०९,७०० राखिएको छ भने ७२V ४०Ah Lithium-ion Battery भेरियन्टको मूल्य रु. ,५४,७०० तोकिएको छ। Zero Emission Ride N ले ग्राहकहरूको सुविधाका लागि एक्सचेन्ज तथा फाइनान्स सुविधा पनि ल्याएको छ।

नेपालमा पछिल्लो ६ वर्षदेखि इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको Zero Emission Ride N ले EV दुई पांग्रे सवारीमा सबैभन्दा राम्रो बिक्रीपछिको सेवा (After Sales Service) दिने दाबी गरेको छ। हाल काठमाडौं उपत्यकामा १४ वटा सर्भिस सेन्टर चार्जिङ पोइन्टहरू सञ्चालनमा छन्, जसले ग्राहकलाई सहज र भरपर्दो सेवा प्रदान गरिरहेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ