+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

शिक्षक आन्दोलनको २३ दिन: सरकारी सरह सुविधा माग्दै,आवासीय चिकित्सक पनि सडकमा

सरकारको नीति र निर्णय कार्यान्वयनमा देखिएको चरम ढिलासुस्तीको मार शिक्षकदेखि चिकित्सकसम्म पर्दै गएको छ।

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, १२ वैशाख — शिक्षक आन्दोलनले सिंगो शिक्षा प्रणाली हल्लाइरहेको बेला अब स्वास्थ्य क्षेत्रका आवासीय चिकित्सकहरू पनि सरकारी बेवास्ताको विरुद्ध सडकमा उत्रिएका छन्। निजी मेडिकल कलेजहरूमा कार्यरत आवासीय चिकित्सकहरूले आफूहरूलाई सरकारी आठौँ तहको तलब सुविधा दिन चिकित्सा शिक्षा आयोगले निर्णय गरे पनि मेडिकल कलेजहरूले अटेरी गरेको भन्दै उनीहरू आन्दोलित बनेका हुन्।

माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण र्याली शिक्षा मन्त्रालयतर्फ अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो। सेतो कोटमा सजिएका चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय पुगेर आक्रोश पोख्ने प्रयास गरेका थिए।

चिकित्सकहरू २८ दिनदेखि आन्दोलनमा छन् र वैशाख १२ देखि आकस्मिक सेवा बाहेक सम्पूर्ण चिकित्सकीय सेवा बन्द गर्ने चेतावनी दिएका छन्। उनीहरूको आन्दोलनले स्वास्थ्य सेवाको आपूर्ति झन् संकटमा पर्ने देखिएको छ।

आन्दोलनरत चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको माघ २५ को बैठकमा पारित निर्देशन कार्यान्वयन नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। “हामी शिक्षार्थी मात्रै होइनौं, सेवा दिने कार्यरत चिकित्सक पनि हौं,” आन्दोलनरत चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तर निजी मेडिकल कलेज सञ्चालकहरूले धम्की, दमन र असम्मानजनक व्यवहार गरिरहेका छन्।”

उता, शिक्षक आन्दोलनले पनि शिक्षा मन्त्रालयको नेतृत्व हल्लाइदिएको छ। विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिएकी छन् भने कक्षा १२ को परीक्षा प्रभावित भएको छ, एसईईको कापीसमेत जाँच हुन सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ