+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पाथीभरा देवी केवलकार परियोजनामा वार्ता प्रस्ताव, विरोध गरिरहेका पक्षलाई सम्बोधन गर्न तयार कम्पनी

कम्पनीले वार्ता र समन्वयमार्फत सबै सरोकारवालाहरूसँग मिलेर परियोजनालाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।

जनवाच
५ घण्टा अगाडी

काठमाडौं । पाथीभरा देवी दर्शन केवलकार कम्पनीले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाका विरोधी पक्षलाई वार्ता गर्नका लागि आग्रह गरेको छ। सोमबार कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ कि, स्थानीय संघ-संस्था र युवाहरुले निर्माणाधीन परियोजना सम्बन्धी विवाद समाधानका लागि संवादको प्रस्ताव गरेपछि कम्पनीले यसलाई सकारात्मक रूपमा लिएको छ।

कम्पनीले पत्रकार सम्मेलनमार्फत भनेको छ कि, परियोजना निर्माणमा स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको सम्मान गर्दै, सबै पक्षसँग समन्वय गर्दै अघि बढ्ने तयारी गरिएको छ। यसका लागि सरकारको मापदण्डअनुसार वातावरणीय प्रभाव मूल्याङ्कन सहित सम्पूर्ण सरकारी प्रक्रियाहरू पूरा गरिसकेको र परियोजनाको निर्माण कार्य अघि बढिरहेको कम्पनीले स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी विश्वास गर्छौं कि वार्ता र संवादका माध्यमबाट कुनै पनि समस्या समाधान गर्न सकिन्छ। यसै कारण, हामी वार्ता र सम्वादका लागि पूर्ण रुपमा तयार छौं र स्थानीय युवाहरुको आग्रहलाई सकारात्मक रूपमा लिएको छौं।”

कम्पनीले थप स्पष्ट पार्दै भनेको छ कि, पाथीभरा देवी दर्शन केवलकार परियोजनाले स्थानीय कला, संस्कृति र धार्मिक परम्परालाई मद्दत पुर्याउने उद्देश्यले निर्माण गरिएको हो र यस परियोजनाको लक्ष्य स्थानीय जनताका हितमा विकासका अवसरहरू सिर्जना गर्नु हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ