+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

लेखनमाथि नियन्त्रण लोकतन्त्रप्रतिको प्रहारहो : मन्त्री पाण्डे

जनवाच
५ घण्टा अगाडी

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लेखन स्वतन्त्रताको संरक्षण लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै लेखनमाथि लगाम कस्न खोज्नु लोकतन्त्रमाथि सीधा प्रहार हुने धारणा व्यक्त गर्नुभएको छ।

तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित ‘राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची भएको उल्लेख गर्नुभयो। उहाँले वि.पि. कोइरालाको “राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी” भन्ने भनाइ उद्धृत गर्दै लेखन स्वतन्त्रताको महत्व झल्काउनुभयो।

“लेखन लोकतान्त्रिक अभ्यासको अभिन्न हिस्सा हो। त्यसमा हस्तक्षेप गर्ने हो भने लोकतन्त्रको सार नै हराउँछ,” मन्त्री पाण्डेले भन्नुभयो।

समारोहमा बोल्दै उहाँले पछिल्लो समय समाजमा निराशा र असन्तुष्टिको वातावरण मौलाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै लेखकहरूले आशावाद, विवेक र समर्पणमार्फत समाजमा सकारात्मक चेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा वरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो भने वैरागी काइँलासहित ३२ जना स्रष्टाहरूलाई मानार्थ सदस्यको सम्मान प्रदान गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ