+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

शहीदको सपना अधुरो छैन, हाम्रो प्रतिबद्धता कायमै छ : अध्यक्ष प्रचण्ड

जनवाच
१० घण्टा अगाडी

धनगढी, १६ वैशाख — माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा शहीद भएका योद्धाहरूको सपना साकार पार्ने लक्ष्य अझै बाँकी रहेको भन्दै आफू र पार्टी त्यसैअनुसार प्रतिबद्ध भएर लागेको बताएका छन्।

तराई–मधेश जागरण अभियान अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित फूलबारी डिपोबजारमा आयोजित कार्यक्रममा शहीद परिवारसँगको संवाद गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा बलिदान दिएका शहीद र पीडित परिवारको योगदानलाई कहिल्यै नबिर्सिएको स्पष्ट पारे।

‘हामी बीचमा कतै चिप्लियौं कि भन्ने आत्मसमीक्षा पनि गरिएको छ,’ भन्दै उनले अतीतका कमजोरीहरूप्रति जिम्मेवारीबोध गरिएको उल्लेख गरे। कार्यक्रममा शहीद परिवारबाट बुझाइएको ज्ञापनपत्रप्रति गम्भीर ध्यान दिने प्रतिबद्धता जनाउँदै, ‘जहाँ समाधान सम्भव छ, त्यहीँ गर्नेछौं, नसके केन्द्रसम्म पुर्‍याएर निरुपण खोज्नेछौं,’ प्रचण्डले आश्वस्त पारे।

उनले प्रधानमन्त्री हुँदा जनयुद्धको सम्मानमा राष्ट्रिय दिवस घोषणा गरिएको स्मरण गर्दै अदालतका कारण सो निर्णय तत्काल रोकिए पनि पार्टीले अझै पनि त्यसलाई मनाइरहेको बताए। साथै, सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जनाउँदै आयोग गठनपछि पीडित परिवारलाई रोजगारी, यातायात छुट र परिपूरणजस्ता सुविधा सुनिश्चित हुने कानुनी व्यवस्था भइरहेको जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ