+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको नाफा उछाल : ३९ गुणा वृद्धि

जनवाच
१६ घण्टा अगाडी

काठमाडौं, १६ वैशाख – गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेखनीय वित्तीय उपलब्धि हासिल गरेको छ। कम्पनीको खुद नाफा गत वर्षको तुलनामा झण्डै ३९ गुणा वृद्धि भई २ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जम्मा ७ लाख रुपैयाँ मात्र नाफा गरेको थियो। नाफामा आएको यो ऐतिहासिक वृद्धिको मुख्य कारण खुद प्रिमियम आम्दानीमा आएको उल्लेखनीय फड्को हो। कम्पनीले पहिले १ करोड ७८ लाख रुपैयाँ प्रिमियम आम्दानी गरेकोमा अहिले यो रकम १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी (EPS) मा पनि ठूलो सुधार आएको छ। पहिले वार्षिक EPS १८ पैसा मात्र रहेकोमा अहिले ४ रुपैयाँ ८८ पैसा पुगेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा रहेको छ भने सञ्चित नाफा १ करोड ९० लाख रुपैयाँ पुगेको छ।

बजार मूल्यका हिसाबले समेत गार्डियन माइक्रोलाइफको सेयर मूल्य मजबुत देखिएको छ। हाल बजारमा कम्पनीको सेयर मूल्य २ हजार ४६१ रुपैयाँ प्रतिकित्ता कायम रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ