+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

वीपी कोइराला र योगमाया राष्ट्रिय पुरस्कार घोषणा : राजनीति, साहित्य र नारी सशक्तिकरणमा उत्कृष्टता सम्मानित

जनवाच
१६ घण्टा अगाडी

काठमाडौं, १६ वैशाख – संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजनीतिदेखि साहित्य र नारी सशक्तिकरणसम्म योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई वीपी कोइराला राष्ट्रिय पुरस्कार र योगमाया राष्ट्रिय पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ।

मन्त्रालयले वैशाख ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार, राजनीतिक दर्शन तर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई वीपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान गर्ने भएको छ। यस्तै साहित्य विधामा पाँचथरका साहित्यकार तिलविक्रम नेम्बाङ (बैरागी काइँला) र मोरङका भुवन ढुंगाना चयन भएका छन्। दुवै विधाका विजेताहरूलाई एक/एक लाख रुपैयाँका दरले सम्मान गरिनेछ।

अर्कोतर्फ, वैशाख ७ गतेको अर्को निर्णयअनुसार, योगमाया राष्ट्रिय पुरस्कार बर्दियाकी स्रष्टा डा. निलम कार्की ‘निहारिका’ लाई प्रदान गरिनेछ। नारी चेतना र साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएकी निहारिकालाई एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ।

सरकारले राजनीतिक दर्शन र साहित्य जस्ता विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कृत गर्नुले देशको बौद्धिक र सृजनात्मक धरातललाई थप सबल बनाउने अपेक्षा गरिएको छ। यस्ता पुरस्कारहरूले नयाँ पुस्तालाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ