+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

नगरपालिकाको दबाबका कारण चितवनका बिध्यलाये खुल्नथाले

जनवाच
१७ घण्टा अगाडी

चितवन, वैशाख १६ – लामो समयदेखि शिक्षक आन्दोलनले ठप्प पारेको चितवनको कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरू अहिले “दुई दवाब”को चक्रव्यूहमा परेका छन्। एकातिर शिक्षक सङ्गठनको आह्वानअनुसार आन्दोलन जारी छ भने अर्कोतिर स्थानीय सरकार विद्यालय खोल्न जोड दिइरहेको छ।

सोमबारदेखि कालिकाका केही विद्यालयहरू पुनः सञ्चालनमा आउन थाले पनि शिक्षकहरू स्पष्ट उभिएको देखिँदैनन्। विद्यालय खोल्ने कि बन्द राख्ने भन्ने दोधारमा प्रधानाध्यापक र विद्यालय प्रशासन हराएका छन्।

कालिका नगरपालिकाले गत शुक्रबार विद्यालय तुरुन्त सञ्चालन गर्न आह्वान गर्दै विज्ञप्ति जारी गरेको थियो। त्यसको फलस्वरूप सोमबार कालिका–७ स्थित पृथ्वी माध्यमिक विद्यालयसहित केही विद्यालयहरू खुलेका हुन्। यद्यपि, विद्यार्थीको उपस्थिति न्यून रहनुले आन्दोलनको असर अझै बाँकी रहेको प्रष्ट हुन्छ।

पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यभक्त अधिकारी भन्छन्, “हामीलाई स्थानीय सरकार र शिक्षक सङ्गठन दुबैको दबाब छ। दुवैको आग्रह विपरीत जान पनि सक्दैनौं, बीचमै अल्झिएको जस्तो अवस्था छ।”

शिक्षकहरूको आन्दोलन अझै टुंगोमा पुग्न सकेको छैन। आन्दोलन परिचालन समितिका संयोजक रामकृष्ण लम्सालको भनाइमा, “विद्यालय केही दिन ढिलो खुलेको भन्दै आत्तिनु हुँदैन, हामीले छुट्टिएको दिन बराबर पठनपाठन पुरा गर्ने तयारी गरिसकेका छौं।” उनले नगरपालिकाको दबाबलाई दुःखद भन्दै शिक्षकको अधिकारमाथिको हस्तक्षेपसमेत बताए।

विद्यालय खुले पनि विद्यार्थीको उपस्थिति उत्साहजनक छैन। अभिभावकहरू आन्दोलन र खोलिने खबरबीच अन्योलमा छन्। कतिपय विद्यालयमा आधा विद्यार्थी मात्र उपस्थित थिए भने कतिपयले भर्ना र पुस्तक वितरणमै समय बिताए। शिक्षक सम्पूर्ण उपस्थित भए पनि पढाउने उत्साह त्यति देखिएन।

नगरपालिकाले विद्यालयहरूमा पठनपाठनको अनुगमन गर्न सामाजिक विकास समितिको संयोजक मकरमान श्रेष्ठको नेतृत्वमा टोली पठाएको थियो। श्रेष्ठका अनुसार ८ वटा विद्यालयमा शैक्षिक गतिविधि सुरु भइसकेको छ र अनुगमन जारी रहनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ