+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

जनवाच
१८ घण्टा अगाडी

काठमाडौं, बैशाख १६ – लामो समयदेखि आफ्नो माग पूरा गराउन संघर्षरत शिक्षकहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्। चैत २० गतेदेखि सुरु भएको यो आन्दोलन २७ औं दिनमा पुगेको छ तर सरकार र शिक्षक महासंघबीचको संवाद अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुबेदीका अनुसार, सोमबार राति अबेरसम्म शिक्षा मन्त्रालयमा भएको वार्ता विभिन्न विषयमा केन्द्रित रहे पनि कुनै ठोस सहमति हुन सकेन। “हामी भर्खरै मन्त्रालयबाट फर्किएका छौं, वार्ता निष्कर्षहीन भयो, आन्दोलन यथावत् छ,” उनले बताएका छन्।

सुबेदीले आज बिहान पुनः आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई माइतीघर मण्डलामा भेला हुन आग्रह गरेका छन्। “राज्यले दिन नचाहेपछि आन्दोलन बिना विकल्प छैन,” भन्दै उनले ११ बजे ठिक समयमा उपस्थित हुन आह्वान गरेका छन्।

शिक्षकहरूको आन्दोलन केवल पारिश्रमिक वृद्धि वा सेवा सुविधा सुधारको विषयमा सीमित छैन, उनीहरू नयाँ शिक्षा नीति, स्थानान्तरण प्रक्रिया, पदोन्नति र निजामतीकरण जस्ता गम्भीर विषयमा सरकारसँग स्पष्ट नीति र प्रतिबद्धता मागिरहेका छन्। तर, पटक–पटकको वार्ताबाट सधैंजसो असमझदारी र निर्णयविहीनता देखिनु शिक्षकहरूका लागि झन निराशाजनक बन्दै गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ