+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुनौलो अवसर : ट्रेड टावर लिमिटेडको आईपीओ खुल्यो

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, वैशाख ८ — विदेशमा रहेर पसिना बगाइरहेका नेपाली नागरिकहरूका लागि अब आफ्नो देशको विकासमा प्रत्यक्ष सहभागी हुने अवसर खुलेको छ। ट्रेड टावर लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सार्वजनिक गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर ३९ लाख ७१ हजार ६९३ कित्ता शेयरमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ।
प्रति कित्ता मूल्य १०० रुपैयाँ तोकिएको यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

विदेशमा रहेका नेपालीहरूले वैशाख २२ गतेभित्र आफ्नो आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी सनराइज क्यापिटल ले लिएको छ।

ट्रेड टावर लिमिटेडले ४८.६९६ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्ने योजनाअनुसार अघि बढेको हो।

सन् २०२४ मा कम्पनीले ११ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २३.३३ प्रतिशतले वृद्धि भएको हो।
सन् २००७ मा स्थापना भएको यो कम्पनी लिजिङ, वित्तीय लगानी र पूर्वाधार विकासका क्षेत्रमा क्रियाशील छ।

यसको पहिलो परियोजना थापाथलीस्थित ट्रेड टावर हो, जुन सन् २०११ देखि सञ्चालनमा छ। दोस्रो परियोजना अन्तर्गत गौशालामा ‘होटेल क्रिस्टल पशुपति’ नामक तीन तारे होटल निर्माण गरिएको छ, जसले हालैबाट आंशिक रूपमा सेवा दिन सुरु गरेको छ।

यो आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि देशमा लगानी गरेर भावी आर्थिक सुरक्षाको आधार बनाउने सुवर्ण मौका हुन सक्छ।
अब विदेशबाटै आर्थिक हिस्सेदारीमार्फत स्वदेशको विकासमा योगदान दिने बाटो खुल्ला भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ