+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

कुनै पनि आयोजना रुग्ण हुन:मन्त्री दाहालको निर्माण व्यवसायीलाई चेतावनी

जनवाच
४ घण्टा अगाडी

झापा, १८ वैशाख, २०८२ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण कार्यमा ढिलासुस्ती र अपारदर्शिता सह्य नहुने चेतावनी दिएका छन्। हुलाकी राजमार्गअन्तर्गत झापाका रतुवा र कन्काई खोलाका पुल निरीक्षणको क्रममा मन्त्री दाहालले अब कुनै पनि विकास आयोजना ‘रुग्ण बन्न नदिने’ स्पष्ट सन्देश दिएका हुन्।

मन्त्री दाहालले विकास आयोजनालाई समयमै सम्पन्न नगर्ने प्रवृत्तिको अन्त्य गरिने बताए। “निर्माण व्यवसायीहरूले आफूले सक्ने क्षमताभित्रकै काम लिनुपर्छ, नत्र अधुरो कामले जनतालाई हैरान बनाउँछ,” उनले भने।

उनका अनुसार मन्त्रालयले निर्माण समयमै सम्पन्न नभएका परियोजनाहरूको समिक्षाका लागि विशेष समिति गठन गरिसकेको छ। त्यसैको आधारमा आगामी दिनमा आयोजना छनोटदेखि ठेक्का सम्झौतासम्ममा कडाइ गरिने जनाइएको छ।

पछिल्लो समय निर्माण सम्पन्न भएको रतुवा पुल निरीक्षणपछि दाहालले निर्माण सम्पन्न भए पनि गुणस्तरप्रति सावधानी अपनाउन निर्देशन दिए। कन्काई खोलाको पुल निर्माण केही समय अवरुद्ध भए पनि अहिले पुनः सक्रिय रुपमा काम अघि बढेको जानकारी दिइएको छ। हाल स्ल्याब ढलान सकिएको र छिट्टै भारवहन क्षमता परीक्षण गरिने योजना रहेको जनाइएको छ।

मन्त्री दाहालले झापामा सञ्चालनमा रहेका अन्य पूर्वाधार योजनाहरूको समेत अनुगमन गर्दै स्थानीय जनताले देखिने विकास चाहेको, कागजी प्रगति होइन भन्ने धारणा राखे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ