काठमाडौं । आगामी आर्थिक वर्षको बजेट तयारी तीव्र बन्दै जाँदा नेपाल राष्ट्र बैंकले पूर्वबजेटीय दृष्टिकोणसहितको समीक्षात्मक प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ। यो प्रतिवेदन अबको बजेट नीति निर्माणका लागि ‘नीतिगत थालनी’को रूपमा लिइएको छ।
राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले मंगलबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो।
गभर्नर तिम्सिनाका अनुसार यो प्रतिवेदन देशका विभिन्न स्थानमा पुगेर स्थानीय अर्थतन्त्रका अवस्था, सरोकारवालासँगको छलफल र तथ्याङ्कमा आधारित विश्लेषणका आधारमा तयार पारिएको हो।
अर्थमन्त्री पौडेलले प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ का लागि तयार हुन लागेको बजेटमा दिशानिर्देश दिने विश्वास व्यक्त गर्दै यस्ता अध्ययन नीतिगत स्पष्टताका लागि अपरिहार्य भएको उल्लेख गर्नुभयो।