काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा चिप्लिएर घाइते भएका छन् । रातको समयमा बाथरुम प्रयोग गर्ने क्रममा चिप्लिएर लड्दा उनको टाउकोमा चोट लागेको बताइएको छ । तत्कालै ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएकोमा सामान्य उपचारपछि उनी निवासमै फर्किएका छन् ।
टाउकोमा गहिरो चोट लागेकाले केही टाँका लगाइएको भए पनि हाल उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।