+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

चेम्बर अफ कमर्सको नेपाली कांग्रेसलाई सुझाव: बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिमा ध्यान दिन आग्रह

चेम्बर अफ कमर्सले आगामी बजेटमा व्यवसाय र लगानीको प्रवर्धन, कृषिमा नविकरण र ऊर्जा क्षेत्रका सुधारका लागि स्पष्ट र व्यावहारिक कदम चाल्न आग्रह गरेको छ।

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, १५ बैशाख । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकता दिने सुझाव दिएको छ। चेम्बरले नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागलाई सोमबार आयोजित कार्यक्रमका दौरान औद्योगिक र व्यापारिक क्षेत्रका समस्याहरूलाई ध्यानमा राख्दै सुधारको पहल र विभिन्न नीतिगत सुधारका लागि प्रस्ताव प्रस्तुत गरेको हो।

चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष दीपक कुमार मलहोत्राले उक्त सुझाव नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई हस्तान्तरण गरेका छन्। यसका माध्यमबाट चेम्बरले नेपालको आर्थिक विकास र उद्योग व्यवसायको प्रवर्धनका लागि आवश्यक नीति सुधारका लागि सरकारसँग माग गरेको छ।

संचालनमा रहेका व्यवसायहरूको मनोबल खस्किनुको मुख्य कारण पुराना समस्याहरू रहेको भन्दै चेम्बरले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सहजीकरण आवश्यक भएकोमा जोड दिएको छ। विशेष गरी, निजी क्षेत्रको आर्थिक जोखिम बहन गर्ने क्षमता न्यून रहेको भन्दै, चेम्बरले बैंक र वित्तीय संस्थाबाट कर्जा उपलब्धता बढाउन र चालुपुँजि कर्जा निर्देशिका खारेज गर्नुपर्ने सुझाव दिएको छ।

त्यसैगरी, चेम्बरले घरजग्गा र अपार्टमेन्ट खरिदका जटिल प्रावधानलाई सरल बनाउँदै विदेशी नागरिकलाई अपार्टमेन्ट खरिदको अनुमति दिनु पर्ने पनि सुझाव दिएको छ। कृषि क्षेत्रका लागि पनि उत्पादनमुखी नीतिको कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्नेमा चेम्बरले जोड दिएको छ, जसले कृषिमा नयाँ लगानी आकर्षित गर्न र युवाहरूसँग रोजगारीको अवसर सृजनामा सहयोग पुर्याउँछ।

चेम्बर अफ कमर्सले थप रूपमा नेपालका पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले विदेशस्थित नेपाली राजदूतावासहरूमा नियमित रूपमा नेपाल प्रवर्धन कार्यक्रम आयोजना गर्नुपर्ने प्रस्ताव पनि राखेको छ।

आर्थिक क्षेत्रको विकासका लागि जलविद्युत र ऊर्जा क्षेत्रका प्रावधानलाई सुधार गर्नुपर्नेमा चेम्बरले विशेष ध्यानाकर्षण गराएको छ। जलविद्युत आयोजनाहरूमा अवरोध उत्पन्न गराउने जटिल प्रावधानहरूलाई संसदमा कानून बनाइ संशोधन गर्नुपर्ने आवश्यकता रहेको चेम्बरले उल्लेख गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ