+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

सर्वोच्च अदालतको निर्देशनपछि, शिक्षा मन्त्रालयले फर्कायो जवाफ

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, १५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई जवाफ फर्काउँदै शिक्षक आन्दोलन र त्यससँग सम्बन्धित विवाद समाधानमा हालको प्रगतिको जानकारी दिएको छ। सर्वोच्च अदालतले गत बिहीबार सरकारलाई आदेश दिँदै शिक्षकका जायज माग तीन दिन भित्र सम्बोधन गर्न र पठनपाठनमा फर्काउने वातावरण बनाउने निर्देश गरेको थियो।

मन्त्रालयका स्रोतका अनुसार, सोमबार अदालतलाई पठाइएको जवाफमा शिक्षकका मागहरू, हालसम्म भएको संवाद, र नयाँ शिक्षा विधेयकको सम्बन्धमा संसदीय समितिमा भइरहेको प्रक्रिया र वर्तमान अवस्थामा माग सम्बोधन गर्ने प्रयासहरू समावेश छन्।

नेपाल शिक्षक महासंघले नयाँ शिक्षा विधेयकका विरोधमा २७ दिनदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएको छ। सरकारसँग वार्ता गर्न शिक्षा मन्त्री रघुजी पन्तले शिक्षकहरूलाई शनिबार आमन्त्रित गरे पनि, शिक्षकहरू वार्तामा सहभागी भएनन्। यसका कारण हालसम्म सरकार र आन्दोलनकारी शिक्षकहरू बीच संवाद स्थगित छ।

शनिबार बानेश्वरमा शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीसँग झडप भएको थियो, जसमा ६२ शिक्षक घाइते भएका महासंघको दाबी छ। आन्दोलनको कारण हालसम्म एसईईको उत्तर पुस्तिका परीक्षण गर्न नसकेको र कक्षा १२ को परीक्षा समेत प्रभावित भएको छ। यसले भर्ना अभियानमा पनि बाधा पुर्याएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ