+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि

कृषिमन्त्रीको प्रतिबद्धता : चिया उद्योगलाई दीर्घकालीन रणनीतिबाट विस्तार गरिने

आगामी आर्थिक वर्षदेखि चिया क्षेत्रमा लगानी बढाउने, पर्यटनसँग चियालाई जोड्ने, तथा महिला र युवालाई चिया व्यवसायतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याइने मन्त्री अधिकारीले जानकारी गराए।

जनवाच
२ घण्टा अगाडी

काठमाडौं, वैशाख १५ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चिया उद्योगको विकासका लागि दीर्घकालीन सोचसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। ललितपुरमा आयोजित २९औँ राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले विश्व बजारमा नेपाली चियाको पहिचान मजबुत बनेको उल्लेख गरे।

“विभिन्न चुनौतीका बीच पनि नेपाली चिया प्रमुख निर्यातजन्य बालीका रूपमा स्थापित हुन सफल भएको छ,” मन्त्री अधिकारीले भने, “यो उपलब्धि कृषक, मजदुर, उद्योगी व्यवसायी, सहकारी र सरकारको संयुक्त प्रयासको नतिजा हो।”

उनले मुलुकको व्यापार घाटा बढ्दो अवस्थामा रहेको सन्दर्भमा चियामा आत्मनिर्भरता र तेस्रो मुलुकमा समेत निर्यात भैरहेको अवस्थाले नेपाली चियामा अपार सम्भावना देखाएको बताए।

मन्त्री अधिकारीले चियाको गुणस्तर सुधार, नयाँ बजारको पहिचान, दीर्घकालीन बजार व्यवस्थापन तथा चिया क्षेत्रको नीति तथा श्रोत व्यवस्थापनमा मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरे। “बोर्डलाई अझ सशक्त बनाई नीतिगत अवरोधहरू हटाउन सरकार तयार छ,” उनले थपे।

आगामी आर्थिक वर्षदेखि चिया क्षेत्रमा लगानी बढाउने, पर्यटनसँग चियालाई जोड्ने, तथा महिला र युवालाई चिया व्यवसायतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याइने मन्त्री अधिकारीले जानकारी गराए।

कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष तथा कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नेपालले विश्व बजारमा चियाबाट महत्वपूर्ण उपस्थिति बनाएको उल्लेख गर्दै मन्त्रालय चिया उद्योगका समस्या समाधानका लागि सहजीकरण गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ