+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राजसंस्थाको पक्षमा थापा र लिङ्देनको पुनर्मिलन: अन्तिम धक्का’को तयारी

जनवाच
३ घण्टा अगाडी

१५ वैशाख, काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको पक्षमा लामो समयदेखि अलग-अलग गतिविधि गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पहिलोपटक एउटै मञ्चमा देखिएका छन्। काठमाडौंको शान्तिवाटीकामा आयोजित सभामा उनीहरू एकैसाथ उपस्थित भई राजसंस्थाको पुनर्स्थापनाका लागि ‘अन्तिम धक्का’ आवश्यक रहेको बताएका छन्।

कमल थापाले गणतन्त्रवादीहरूको असफलताले राजसंस्थाको पक्षमा माहोल तयार भएको भन्दै अब सबै नेताहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले भने, “हिन्दु राष्ट्र र राजसंस्थाको विचारको लोकप्रियता बढ्दै गएको छ। अब अन्तिम धक्काको मात्रै आवश्यकता छ।”

यसअघि पार्टी विभाजनपछि थापा र लिङ्देनबीच दूरी बढेको थियो। तर हालैको समयदेखि राजसंस्थाको पक्षमा दुवै नेताहरूको सक्रियता देखिँदै आएको छ। थापाले सामाजिक सञ्जालमा चार नेताहरूको फोटो पोस्ट गर्दै “हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनःस्थापनाको आन्दोलनमा हामी एकठाउँमा रहने छौँ” भन्दै एकता सन्देश दिएका छन्।

सभामा राप्रपाका महामन्त्री धवलशम्शेर राणा र संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी लगायत नेताहरूको उपस्थिति थियो। थापाले राज्यले दमनको नीति लिएको आरोप लगाउँदै लोकतन्त्रमा बोल्न र शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ