काठमाडौं, १० वैशाख – भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा निर्दोष नागरिकको मृत्युप्रति नेपालका शीर्ष नेताहरूले कडा शब्दमा निन्दा व्यक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले आ–आफ्ना माध्यमबाट उक्त घटना प्रति दुःख प्रकट गर्दै आतंकको विरोधमा स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, “भारतको पहलगाममा भएको आतंकवादी हमलामा निर्दोष नागरिकहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु।”
उनले यस्तो निर्दोष नागरिकलाई लक्षित हिंसात्मक कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने र यस्ता आतंकवादी क्रियाकलापको कडा शब्दमा भर्त्सना गर्नुपर्ने उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्रालयले पनि छुट्टाछुट्टै वक्तव्य जारी गर्दै मानवताको विरुद्धमा भएको यस घटनाले चिन्ता बढाएको बताएका छन् ।
प्रतिक्रिया