काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुरमा आज बिहान मालबाहक ट्रक र स्कार्पियो एकआपसमा ठोक्किदा ५ जना गम्भीर घाइते भएका छन् । मंगलवार बिहान करिब सवा ८ बजे विपरित दिशाबाट आइरहेका बा.प्र.०१–००६ ख. ५७२९ नम्बरको ट्रक र ना.४ च.३६९४ नम्बरको स्कार्पियो चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट एकआपसमा ठोक्किएका हुन् ।
उक्त दुर्घटनामा स्कार्पियोमा ठूलो क्षति भएको छ भने सो सवार ५ जना यात्रुहरु गम्भीर घाइते हुन पुगेका ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले जानकारी दिए ।
स्थानिय मौलापुर नगरपालिका ३ का बर्ष २० को सुदिप कुमार यादव, दुर्गा भगवती गाउँपालिका ५ का बर्ष १८ को प्रसान्त ठाकुर, चालक बौधीमाई नगरपालिका ३ मटिअर्वाका बर्ष २१ को रामविनय महतो, बौधिमाई २ का बर्ष १८ को प्रदिप कुश्वाहा र बारा सिम्रौणगढ नगरपालिका ७ का बर्ष २८ को सन्तोष कुश्वाहा गम्भीर घाइते भएका छन् ।
घाईतेहरुलाई उपचारको लागी चन्द्रपुर अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ। घाईते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको अस्पतालका डाक्टर सुभाष चौधरीले जानकारी दिएका छन् ।
दुर्घटनामा परेको ट्रक र स्कार्पियो र चालकलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया