+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राप्रपा अध्यक्ष लिङ्देन रवीन्द्र मिश्रलाईभेट्न हिरासत पुगे ,राजनीतिक छलफल भएको दावी

जनवाच
७ घण्टा अगाडी

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रहरी परिसर, काठमाडौंमा हिरासतमा रहेका पार्टीका नेता रवीन्द्र मिश्रसँग भेटवार्ता गरेका छन्। भद्रकालीस्थित प्रहरी कार्यालयमा लिङ्देन र राप्रपा सांसद दिपकबहादुर सिंह मिश्रलाई भेट्न पुगेका थिए।

राप्रपाका एक नेताका अनुसार, लिङ्देन र मिश्र बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। भेटवार्तामा नियमित रूपमा हुने भेटघाटको अंशको रूपमा आजको भेट पनि भएको बताइएको छ।

रवीन्द्र मिश्रलाई प्रहरीले हालै ७ दिन थप हिरासतमा राख्न अदालतबाट अनुमति प्राप्त गरेको थियो। मिश्रको बयान पहिले नै सकिइसकेको भए पनि प्रहरीले अनुसन्धान अझै बाँकी रहेको दाबी गर्दै थप २० दिन हिरासतमा राख्न अनुमति मागेको थियो।

मिश्रले यसअघि प्रहरीलाई दिएको बयानमा भनेका थिए कि, “आफ्नो नाक अगाडि अश्रुग्यास खसाल्दा आफू आवेगमा आएको हुँ, तर ढुंगामुढा वा तोडफोड गर्ने कुनै योजना भने थिएन।” उनी ३१ दिनदेखि हिरासतमा छन्।

१५ चैतको रातको प्रदर्शनमा हिंसा भड्किएपछि मिश्रलाई पक्राउ गरिएको थियो। यस प्रदर्शनमा दुई जनाको मृत्यु र २० भन्दा बढी प्रहरी घाइते भएका थिए। मिश्रको गिरफ्तारीसँगै, सांसद धवलशमशेर राणा पनि पक्राउ परेका थिए, तर स्वास्थ्य कारणले उनलाई केही समय अघि मात्र रिहा गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ