काठमाडौं – नेपाल सरकार अन्तर्गतको उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयअन्तर्गत सञ्चालित सिचाइ आधुनिकीकरण अभिवृद्धि योजनाले चालु आर्थिक वर्षको चौथो त्रैमासका लागि बजेट निकासा फुकुवा पाएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त आयोजना वैदेशिक सहायता एडीबी (एशियाली विकास बैंक) ऋणमार्फत सञ्चालित भएकाले सोधभर्ना प्रक्रिया अन्तर्गत चौथो त्रैमासको खर्च स्वीकृत गरिएको हो।
“आर्थिक वर्ष २०८१/८२ मा विनियोजित रकममध्ये वार्षिक स्वीकृत कार्यक्रम तथा अख्तियारी एलएमबीआईएस (LMBIS) अनुरुप चौथो त्रैमाससम्मको खर्च वैशाख १४ गतेको निर्णयानुसार स्रोत फुकुवा गरिएको जानकारी गराइन्छ,” महालेखा नियन्त्रक कार्यालयले स्पष्ट पारेको छ।
बजेट निकासासँगै सिचाइ पूर्वाधार सुधार तथा कृषिमा उत्पादनशीलता वृद्धि गर्ने लक्ष्य लिएको यस योजनाले निर्माण र मर्मतसम्भारका कार्यहरूलाई थप तीव्रता दिन सक्ने अपेक्षा गरिएको छ।
