+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

आफ्नै गल्तीको स्वीकारोक्ति गर्दै प्रचण्ड : अब वर्गीय आधारमा पार्टीलाई उभ्याउने समय आएको छ

जनवाच
८ घण्टा अगाडी

१५ वैशाख, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बिग्रँदो स्थिति स्वीकार गर्दै आत्मसमीक्षा र सुधारको अभियान थालेको बताएका छन्। बर्दियाको राजापुरमा सोमबार आयोजित जनसभामा उनले आफूले पनि गल्ती गरेको महसुस गरेकाले अहिले दिनरात जनताको बीचमा पुगेर सुधारको प्रयास गरिरहेको स्पष्ट पारे।

“नेता र पार्टी दुबै बिग्रिए, आधारभूत वर्गलाई हामीले भुल्यौं,” प्रचण्डले भने, “मैले पनि गल्ती गरेँ भन्ने बोध भएपछि आफूलाई सुधार्न र परिवर्तन गर्न संकल्प गरेको छु।”

प्रचण्डले जनयुद्धका बेला बर्दियालाई आधार क्षेत्र बनाउन सहयोग गर्ने थारु समुदाय, मजदुर र किसानप्रति विशेष आभार व्यक्त गरे। उनले विगतमा माओवादी पार्टीसँग गहिरो सम्बन्ध बनाएका समुदायसँग पुनः सम्बन्ध सुदृढ गर्न र उनीहरूको पीडा सुन्न नेताहरूलाई आग्रह गरे।

“शहीद र बेपत्ता परिवारका आँसुहरूले हामीलाई आफ्नो गल्ती सम्झाउनेछ,” उनले भावुक हुँदै भने, “अब वर्गीय आधारमा पार्टीलाई पुनः उभ्याउन आवश्यक छ।”

पूर्वप्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सरकार सञ्चालन गर्दा सुशासनको पक्षमा दृढ अडान लिएको र माओवादी नेताहरूलाइ खुला बहसको वातावरणमा ल्याएको उल्लेख गरे।

“केही समयअघिसम्म माओवादी नुन खाएको कुकुर जस्तो बनिसकेको थियो। अहिले भने हामी भ्रष्टाचारविरुद्ध खुला रूपमा आवाज उठाउन सक्छौं,” उनले दाबी गरे।

उनले दुई वर्षभित्र निरन्तर जनतामाझ गएर २०८४ सालमा २०६४ सालजस्तै जनमत ल्याउन सकिने विश्वास व्यक्त गरे। “सच्चिएर वर्गीय आधारमा संगठन बलियो बनाउँदा मात्रै त्यो सम्भव छ,” उनले जोड दिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ