+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वास्थ्य/जीवनशैली

१३ अंग बिना बाँचेकी बेलायती महिला : मन र साहस बाँच्छ भने जीवन बाँच्छ

शरीरको केही भाग गुमाउनु जीवन गुमाउनु होइन, उनी भन्छिन्, मन र साहस बाँच्छ भने जीवन बाँच्छ।

जनवाच
१ दिन अगाडी

लन्डन बैशाख १४ – शरीरका १३ अंग छैनन्, तर म अझै बाँचिरहेकी छु, मुस्कुराइरहेकी छु”—यो कथन बेलायतको कुम्ब्रिया निवासी ३९ वर्षीया रेबेका हिन्दको हो, जसको जीवनले चिकित्सा विज्ञान र मानवीय साहस दुबैको सीमा उल्ट्याएको छ।

सन् २०१८ को क्रिसमस पार्टीपछि सामान्य पेट दुखाइबाट सुरु भएको पीडा उनलाई “स्यूडोमाइक्सोमा पेरिटोनी (PMP)” नामक दुर्लभ र गम्भीर क्यान्सरसम्म पुर्‍यायो। प्रारम्भमा खानामा विषाक्तता लागेको भ्रममा रहेकी हिन्द, आठ हप्तापछि रोग गम्भीर हुँदै गएपछि अस्पताल पुगिन्। तब मात्र थाहा भयो—यो केवल पेट दुखाइ होइन, शरीरभित्रको एक कहालीलाग्दो लडाइँको सुरुवात थियो।

सन् २०१९ मा पहिलो शल्यक्रियाबाट सुरु भएको उपचार यात्रा क्रमशः भीषण बन्न पुग्यो। उनका एपेन्डिक्स, नाभि, ग्रन्थी, पित्तथैली, प्लीहा, ठूलो आन्द्रा, पाठेघरलगायत १३ अंग निकालिए। एकपटक त उनको पेटबाट १.६ ग्यालनभन्दा बढी म्युसिन पदार्थ पनि निकालिएको थियो।

तर यति ठूलो शारीरिक क्षति हुँदाहुँदै पनि हिन्दको मानसिक दृढता र सकारात्मकता झन बलियो बन्यो। उनी भन्छिन्, “म अब जीवनको हरेक कुरामा ‘हो’ भन्न चाहन्छु।”

शारीरिक रूपमा अधुरो भए पनि उनले जीवनलाई पुनः परिभाषित गरिरहेकी छन्। ‘स्टोमा’ बोकेर बाँचेको जीवन सहज छैन, तर पनि उनी भन्छिन्, “यो एउटा रोलर कोस्टर हो—तर म यसमा हरिएकी छैन।”

रेबेकाको जीवन केवल व्यक्तिगत संघर्ष मात्र होइन, यो हजारौं दीर्घरोगी, क्यान्सर पीडित र शारीरिक रूपमा अपाङ्ग बनेका व्यक्तिहरूका लागि एउटा प्रेरणादायी सन्देश हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ