+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राशिफल

राशिफल अनुसार आजको दिन कस्तोरहने छ, जान्नुहोस

जनवाच
८ घण्टा अगाडी

काठमाडौँ – आजको दिन आत्मविश्लेषण, विवेकपूर्ण निर्णय, र नवीनतम प्रयासका लागि उपयुक्त दिन हो। चन्द्रमा कुम्भ राशिमा र सूर्य वृष राशिमा रहेको आज, सकारात्मक सोच र समन्वयको भावनाले जीवनका विविध क्षेत्रमा सफलता दिलाउन सक्छ।

मेष – वरिष्ठ कर्मचारीको प्रशंसा प्राप्त हुनेछ। नयाँ जिम्मेवारी स्वीकार्ने दिन हो, आत्मबल र इच्छाशक्ति बढाएर अघि बढ्नुस्।

वृष – व्यवस्थापनमा सुधार र सहकर्मीको साथ पाइनेछ। भाग्यभन्दा बढि आफ्नै प्रयासमा विश्वास गर्नुहोला।

मिथुन – समस्यामा होइन, समाधानमा ध्यान दिनुहोस्। विदेश वा नयाँ ठाउँबाट विशेष उपलब्धि मिल्ने संकेत छ।

कर्कट – इज्जत बढ्ने कार्यमा संलग्न भइनेछ। पुराना आर्थिक बक्यौता फिर्ता हुने योग बनिरहेको छ।

सिंह – भावनात्मक सम्बन्धमा नयाँ ऊर्जा थपिनेछ। सृजनात्मकतामा रमाउन पाउने दिन हो।

कन्या – मनोवैज्ञानिक रूपले द्विविधामा पर्न सकिन्छ, त्यसैले संयमता आवश्यक छ। विवादमा नपरे उत्तम रहने छ ।

तुला – नयाँ योजना वा अध्ययनमा मन लाग्नेछ। आजको मेहनतले भविष्यमा ठूलो उपलब्धि दिन सक्छ।

वृश्चिक – खर्च बढे पनि प्रयासको परिणाम सकारात्मक आउनेछ। प्रशासनिक झन्झट समाधान हुने संकेत छ।

धनु – साथीभाइ र परिवारसँग समय बिताउने दिन हो। सन्तान वा भाइबहिनीको हितमा खर्च बढ्न सक्छ।

मकर – व्यक्तित्व विकासमा ध्यान केन्द्रित हुने दिन हो। लगानी र व्यवसाय विस्तारको राम्रो मौका छ।

कुम्भ – आत्मबलमा वृद्धि हुनेछ, निर्णयमा दृढ रहनुहोस। दीर्घकालीन योजनाको मूल्याङ्कन गर्न अनुकूल समय।

मीन – सम्बन्धमा सन्तुलन आवश्यक छ। सौन्दर्य, खाद्यपदार्थ वा तरल पदार्थको व्यवसायमा विशेष लाभ हुने सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ