+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राशिफल

शनि जयन्ती विशेष आजको राशिफल: कसको भाग्य चम्किने, कसले सावधानी अपनाउने?

जनवाच
३ दिन अगाडी

काठमाडौँ – आजको दिन शनिजयन्तीको संयोगमा परेको छ। नेपाली पंचांगअनुसार, जेठ महिनाको १३ गते मंगलबार, ज्येष्ठ कृष्णपक्षको अमावस्याका दिन शनि ग्रहसँग सम्बन्धित शुभ–अशुभ फलले सबै राशिमा आ–आफ्नै असर पार्नेछ। ज्योतिषीय विश्लेषणमा आधारित आजको राशिफलमा को भाग्यमानी र को सावधानी अपनाउने अवस्थामा छन् भन्नेबारे विस्तृत जानकारी प्रस्तुत गरिएको छ।

मेष

आत्माविश्वासमा बढोत्तरी हुने छ । परिवारको भरोषामा बृद्धि हुने छ । असजिलोमा पनि सँहालिन सक्छु भन्ने आँट भित्रि मनमा रहने छ । मनले आँटेका कामहरु अघि बढ्ने छन् । भाग्य बलियो छ । पेशागत जीवन र ब्यवसायमा सफलता मिल्ने छ । राजनीति, निजामति सेवा, सेना, प्रहरी, सुरक्षा फौज, सेक्युरिटि सेवा, खेल जगत, साहसिक क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

वृष
कर्मशिल स्वाभाव रहने छ । आफूले लिएको जिम्मेवारीलाई जसरी पनि निभाउने स्वाभाव रहने छ । मिहिनेत अनुसार फल प्राप्त हुने छ । कमाईको क्षेत्रमा बृद्धि हुने छ । पेशागत जीवन र ब्यवसायमा लाभ प्राप्त हुने छ । कर्मशिलतामा बृद्धि हुने छ । वाणिज्य, ब्यवसाय, किराना पसल, फलफूल, मिठाईको व्यापार, दैनिक उभोग्य सामानको कारोवार, हरियो तरकारीको ब्यापार गर्नेहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मिथुन
अकस्मात दोषारोपणको अवस्था आउने छ । राम्रो गर्न खोजेका विषयमा पनि सो अनुसारको नतिजा आउने छैन्, जसले गर्दा मनमा लघुताभाष रहने छ । समय प्रतिकुल प्रकृतिको छ । पारीवारिक जीवनमा द्वन्दको अवस्था रहने छ । नेतृत्व क्षमतामा कमि आउने छ । आम्दानीमा कमि आउने छ भने आम्दानी अनावश्यक ठाउँमा खर्च नगरी नहुने अवस्था आउने छ । कार्यालयमा विभिन्न समस्याहरु देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने केही राहत मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

कर्कट
निराशाले निकै सताउने छ । मनमा उत्साह र उमङ्गको अभाव रहने छ । सकारात्मक अवस्थामा पनि मनमा हुने भारीपनाले व्यक्तित्वमा ह्रास ल्याउने छ । भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । दाम्पत्य जीवनमा स–साना विषयले झैझगडाको अवस्था र तिक्तता निम्त्याउने छ । पानी, दुध, कोल्ड ड्रिङ्स, आइसक्रिम, आयात निर्यात, किराना पसल, दैनिक उपभोग्य वस्तुको सामान जस्ता क्षेत्रमा संलग्नहरुका लागि फाइदा हुने छैन् । शेयर बजार औसत रहने छ ।

सिंह
समर्थन गर्नेहरु भन्दा आलोचना गर्नेहरुको संख्या भारी रहने छ । राम्रै गरेका कुरामा पनि ससाना विषयलाई लिएर आलोचना रहने छ । तर आलोचनाको बीचमा पनि मनमा विचलन भन्दा जुध्ने तागत मिल्ने छ । मनोबल भने उच्च रहने छ । परिवारका सदस्यहरुले ध्यान दिने र माया गर्ने हुँदा निकै राहत मिल्ने छ । हवाई उड्ययन, निर्माण ब्यवसायी, ठेक्काट्टा, उद्योग कलकारखान, ग्यारेज, भाडाका सवारीसाधन, श्रम आपूर्ति जस्ता क्षेत्रमा क्रियाशिलहरुका लागि लाभ मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

कन्या
एक्लोपना रहने छ । लामो समयदेखि भरोषा गरिएका मित्रहरुबाट पनि साथ मिल्ने छैन् । धोका हुने जोखिमपूर्ण समय रहेकाले सावधान रहनु होला । पेशा तथा ब्यवसायमा निकै अवरोधहरुको सामना गर्नुपर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि असमझदारी देखा पर्ने छ । सन्तान सुख प्राप्त हुने छैन् । समय प्रतिकुल चलिरहेकाले संयमित भइ कदम चाल्नु होला । सरकारी सेवा, ब्यवस्थापन, प्रशासन, इन्जिनियरिङ्ग, राजनीति जस्ता क्षेत्रमा सक्रियहरुका लागि समय शुभ रहने छैन् । शेयर बजारमा गुमाउनु पर्ने छ ।

तुला
सरल खालको व्यवहार गर्ने बानी रहने छ । तर अरुले सोझो खालको मानिस भनि चित्रण गर्ने छन् । परिवारको साथले जीवनमा ठुलो भुमिका खेल्ने छ । पेशा ब्यवसायमा सकारात्मक नतिजा प्राप्त हुने छ । आम्दानीमा सन्तोषजनक अवस्था रहने छ । बोलीमा भने मिठासपनाको अभाव रहने छ । अध्यापन, दार्शनिक क्षेत्र, मिष्ठान्न व्यवसाय, फूल व्यवसाय, दुग्ध व्यवसाय, उद्योग कलकारखाना, सिमेण्ट, छड, डण्डी, हार्डवेयर जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । राजनीतिमा आवद्धहरुलाई सकारात्मक नतिजा रहने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

वृश्चिक
उत्साही भाव भएको व्यक्तित्व बन्ने छ । जोखिमले भरिएका कामहरुमा हात हाल्न मन लाग्ने छ । मनमा दृढताको क्रम बढ्ने छ । मनमा अलि क्रुरताले भरिएका विचारहरु आउने छन् । राजनीतिक निर्णयहरु लिन भने कठिन हुने छ । पेशागत जीवनमा आफू अनुकुल वातावरण रहने छ । ब्यवस्थापन, श्रम क्षेत्र, ठेक्कापट्टा, शैक्षिक क्षेत्र, सूचना प्रविधि, कन्सल्टेन्सी क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र मध्यम रहने छ ।

धनु
आफ्नो पैतृक थलो तर्फको यात्रा हुने छ । समाजप्रति सकारात्मक भाव रहने छ । अवसरका लागि नयाँ क्षेत्रमा सँलग्न हुने समय छ । धार्मिक तथा अध्यात्मिक कार्यहरुमा लाग्दा मनमा शान्ति प्राप्त हुने छ । जीवनसाथिको साथसहित काम गरेर निकै उन्नति हुने छ । साझेदारीका कामहरुबाट सुखद् अवस्था आउने छ । कर्मचारीतन्त्र, राजनीति, प्रशासन, बैंकिङ्ग, बीमा, सूचना प्रविधि जस्ता क्षेत्रमा सक्रियहरुलाई समय अनुकुल छ । शेयर बजारबाट भने अपेक्षा गरेअनुसार लाभ मिल्ने छैन् ।

मकर
आफैले बोलेका कुरा प्रति अडिग नरहने बानीले गर्दा अविश्वसनिय व्यक्तिका रुपमा अरुले लिने छन् । बढि बोल्ने बानीले हुन लागेका काम बिगार्ने छ । मनमा अन्योलताको चक्रको लहर आउने छ । स्वस्थ्यमा केही समस्या आउने छ । मेहनत र पराक्रमी बानीमा कमि आउने र आलस्यता बढ्ने छ । ब्यक्तित्वमा ह्रास आउने छ । आर्थिक अवस्था भने औसत रहने छ । पेशा ब्यवसायमा कठिनाईहरुको सामना गर्नुपर्ने छ । विशेष बैकिङ्ग तथा वित्तिय जगतमा कार्यरतहरु सचेत रहनु होला । शेयर बजारमा गुमाउनु पर्ने छ ।

कुम्भ
दुविधायुक्त स्वाभाव हुने हुँदा विश्वसनीयताको कमि हुने छ । परिवारका सदस्यहरुको सहयोगले गर्दा निकै मद्धत मिल्ने छ । यात्रामा सहजता आउने छ भने रमाईलो पनि हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या आउने छ । भाग्यको साथ कम रहेकाले धेरै जोखिमपूर्ण काममा हात हाल्ने बेला देखिँदैन् । पेशागत जीवनमा धेरै जोखिम लिने समय छैन् । अध्यापन, लेखन, पत्रकारिता, गीत संगीत, प्रशिक्षक जस्ता पेशामा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहेको छ । शेयर बजार औसत रहने छ ।

मीन
सबैसँग मिल्ने स्वाभाव भएको व्यक्तित्व हुने छ । पेशागत जीवनमा सहजता आउने छ । जोखिमपूर्ण कदमहरु अघि बढाउन जोश आउने छ । परिवारको साथ पाइने भएकाले कार्यसम्पादनमा सजिलो हुने छ । लिइएका लक्ष्य प्राप्ति तर्फ जाने छ । आर्थिक सन्तुलन कायम हुने छ । सार्वजनिक यातायात, कोल्डड्रिङ्स, किराना पसल, दैनिक उपभोग्य सामान, मिष्ठान्न, दुग्ध व्यवसाय, तरकारी, फलफूल, पशुपालन जस्ता क्षेत्रमा सक्रियहरुलाई समय सकारात्मक छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ