१४ जेठ, काठमाडौं — नेपालले फेरि एकपटक एकै दिन तीन वटा भूकम्पीय धक्का महसुस गर्यो। फरक फरक समयमा र भौगोलिक क्षेत्रमा महसुस गरिएका यी धक्काहरूले वैज्ञानिक र सर्वसाधारण दुवैलाई सचेत गराएको छ राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो धक्का बिहान ११:५६ बजे कास्कीको फूलिबाङ आसपास क्षेत्रमा महसुस गरियो, जसको परिमाण ४.४ म्याग्निच्युड थियो।त्यसको झण्डै एक घण्टापछि, दिउँसो १२:५० बजे कास्कीको अन्नपूर्ण क्षेत्रमा फेरि ४.१ म्याग्निच्युडको कम्पन आयो।त्यसपछि साँझ ६:२७ बजे सुदूरपश्चिमको बझाङको मासदेव क्षेत्र केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। तीनवटा मध्यम दरका भूकम्प एकै दिन, तीन स्थानमा महसुस हुनु संयोग मात्र हो वा नेपालमाथि फेरि नयाँ कम्पन चक्र सुरु भएको संकेत हो?भूगर्भविद्हरूका अनुसार सानातिना भूकम्पहरू कुनै ठूलो भूकम्पको पूर्व-संकेत हुन सक्छन्, तर यिनको निश्चित भविष्यवाणी गर्न सकिँदैन। तर, पुनः पटक पटक भएका यस्ता कम्पनहरूले जमिनमुनि सञ्चित उर्जा क्रमशः निस्कँदै गएको देखाउँछ।