काठमाडौं, जेठ १५ –आज संघीय संसदको बैठकले केवल आँकडाको दस्तावेज मात्र होइन, भावी नेपालको आर्थिक नक्सा प्रस्तुत गर्न जाँदैछ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज दिउँसो ३ बजे आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा पेस गर्न लागेका छन्, जसको आकार करिब १९ खर्ब रुपैयाँको हाराहारीमा हुने बताइएको छ। सरकारी स्रोतका अनुसार बजेटको प्रारम्भिक खाका राष्ट्रिय योजना आयोगद्वारा तोकिएको १९ खर्ब ६५ करोडको बजेट सिलिङ भित्रमै तयार गरिएको