१५ जेठ, काठमाडौं –गणतन्त्र स्थापनाको १८औं वर्षगाँठका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिँदै “गणतन्त्र केवल शासन प्रणाली होइन, जनताको आत्मगौरवको जीत हो” भन्ने भाव व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई “मुलुकको हितले मुकुटको अभिमान जितेको दिन” भन्दै व्याख्या गरेका छन्। उनले जनताको सात दशक लामो संघर्षलाई स्मरण गर्दै भने, शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन हो यो।”