+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

गणतन्त्रका उपलब्धिलाई जनजीवनसँग जोड्नुपर्ने समय आएको छ– पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्रको १८ वर्षे यात्रामा पूर्वराष्ट्रपतिले जनतामाझ आधारित नेतृत्व र जनजीवन केन्द्रित विकासलाई केन्द्रमा राखेर सन्देश दिएकी छन्। अब समय आएको छ  संविधानको अक्षरमात्र होइन, यसको आत्मा पनि जनताको हितमा लागु होस्।

जनवाच
१ दिन अगाडी

काठमाडौं –पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई केवल राजनीतिक परिवर्तनका रूपमा नभई सामाजिक–आर्थिक विकासको माध्यमका रूपमा आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले अबको चुनौती जनताको जीवनस्तरमा देखिने परिवर्तन ल्याउनु भएको बताएकी छन्।

उनको भनाइमा, “गणतन्त्र नेपाली जनताको कठोर संघर्षको नतिजा हो, यसको रक्षा र विकास गर्नु हामी सबैको साझा दायित्व हो।” उनले शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा भएका प्रगतिलाई गणतन्त्रको उपलब्धिका रूपमा उल्लेख गरिन्।

पूर्वराष्ट्रपतिले लेखेकी छन् – “गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सधैं जीवित राख्ने काम सबै नागरिकले आ–आफ्नो स्थानबाट गर्नु जरुरी छ।” उनले राजनीतिक परिवर्तनले मुलुकलाई आत्मनिर्भर विकासको बाटोमा डोहोर्याएको जनाउँदै “आफ्नो देशको विकास आफैं गर्ने भावना विस्तार भएको छ” भन्ने धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ