१५ जेठ, काठमाडौं –राजधानीको केन्द्रविन्दु रत्नपार्क क्षेत्रमा आज बिहानैदेखि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिले विशेष चहलपहल देखिएको छ। गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू तय भएका कारण रत्नपार्कलाई उच्च सुरक्षा सतर्कतामा राखिएको छ।
सुरक्षा संयन्त्रले रत्नपार्क क्षेत्रलाई अस्थायी रुपमा ‘हाई अलर्ट जोन’ घोषणाजस्तै गरि निगरानीमा लिएको छ। सुरक्षाकर्मीहरूको टोली स्थान–स्थानमा खटिएको छ भने पैदल गस्ती, सिसिटिभी निगरानी र गोप्य सुराकी संयन्त्रलाई पनि सक्रिय पारिएको छ।