२ जेठ, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सगरमाथा संवाद कार्यक्रममा सहभागी भएका विशिष्ट पाहुनाहरूको सम्मानमा विशेष रात्रिभोज आयोजना गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित रात्रिभोजमा सरकारी उच्च अधिकारी, कूटनीतिक प्रतिनिधिहरू, तथा अन्तर्राष्ट्रिय पाहुनाहरूको उपस्थिति रहेको थियो।
सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तन, हिमालय संरक्षण र क्षेत्रीय सहकार्यका विषयमा बहुपक्षीय संवादको थलोको रूपमा नेपाललाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न खोजिरहेको छ।

प्रधानमन्त्री ओलीले रात्रिभोजको अवसरमा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै, हिमालयको रक्षा र जलवायु संकटविरुद्ध एकजुट प्रयास गर्न आह्वान गर्नुभएको थियो।
