काठमाडौं— प्रहरी हिरासतमा ५० दिन बिताएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ।
मिश्रविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि भएको सुनुवाइपछि सर्वोच्चको संयुक्त इजलासले उनलाई थुनामुक्त गर्दै नियमित रूपमा उपस्थित हुने सर्तमा रिहा गर्ने निर्णय सुनाएको हो।
यो निर्णयसँगै अब मिश्रलाई प्रत्येक पेशीमा अदालतमा हाजिर हुनुपर्नेछ भने अनुसन्धान प्रक्रिया जारी रहनेछ।
यसअघि मिश्रकी पत्नी सारिका कार्कीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। उक्त रिटको सुनुवाइपछि सर्वोच्चले अनुसन्धान मिसिल झिकाई मिश्रलाई अदालतमा पेश गर्न आदेश दिएको थियो।