काठमाडौं, जेठ २ — नेपाल र जापानबीच धुलिखेल अस्पतालको ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि ५७ करोड ३० लाख येन बराबरको थप अनुदान उपलब्ध गराउने सहमति पत्रमा हस्ताक्षर भएको छ।
उक्त सहमति पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापानका तर्फबाट नेपालका लागि राजदूत माएडा तोरुले हस्ताक्षर गरे।
सहमति पत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिको पनि साक्षीका रूपमा उपस्थित थिए।
यसअघि, सन् २०२३ को अक्टोबरमा जापान सरकारले यो परियोजनाका लागि ३ अर्ब २९ करोड ६० लाख येन बराबरको अनुदान दिने प्रारम्भिक सम्झौता गरिसकेको थियो।
सहमति पछि अर्थमन्त्री पौडेल र उपमन्त्री अकिकोबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो, जसमा आपसी सहयोग, स्वास्थ्य पूर्वाधार सुदृढीकरण र द्विपक्षीय सम्बन्धका अन्य आयामबारे छलफल भएको जनाइएको छ।
लेखकको बारेमा

प्रतिक्रिया