+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

बजेटमा आत्मनिर्भर अर्थतन्त्रको दिशातर्फ प्राथमिकता दिनुहोस् : अध्यक्ष ढकालको आग्रह

जनवाच
९ घण्टा अगाडी

काठमाडौं, २ जेठ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी बजेटमा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई प्राथमिक एजेन्डामा राख्न सरकारसँग आग्रह गरेका छन्।

नेपाल निर्यात व्यवसायी महासंघ (फिन) को पाँचौं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले आर्थिक रूपले आत्मनिर्भर राष्ट्र निर्माण गर्न यी दुई विषय अनिवार्य भएको बताए।

उनले हस्तकला, पश्मिना, गलैंचा, हर्बल सामग्री र कृषिजन्य वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्ने सम्भावना औंल्याउँदै त्यसका लागि नीति तथा बजेटले स्पष्ट मार्गचित्र ल्याउनुपर्नेमा जोड दिए।

ढकालले भने, “नेपालमा हुने उत्पादनको गुणस्तर राम्रो छ, तर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न निर्यात अनुकूल नीतिगत वातावरण र बजेटीय प्रोत्साहन जरुरी छ।”

त्यस्तै, उनले वातावरणमा नकारात्मक असर नपर्ने गरी खनिजजन्य वस्तुको निर्यात खोल्नुपर्ने सुझाव पनि दोहोर्‍याए। उनका अनुसार, यसले छिमेकी मुलुकहरूसँगको व्यापार घाटा न्यूनीकरणमा टेवा पुर्‍याउनेछ।

ढकालले सिआइपी (CIP) मान्यता दुई–दुई वर्षमा निश्चित समयमै प्रदान गर्न ढिलाइ नगर्न सरकारसँग माग गरे। उनले “CIP डे” घोषणा गरेर पारदर्शी र समयमै वितरण हुने प्रक्रिया सुनिश्चित गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा उनले महासंघको तर्फबाट वस्तुगत संघहरूसँग सहकार्य गर्दै निर्यात प्रवर्द्धन, रुग्ण उद्योगको पुनरुत्थान तथा घरेलु उत्पादनको सुदृढीकरणमा सक्रिय पहल भइरहेको जानकारी पनि गराए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ