+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

 प्रधानमन्त्री ओली र भारतीय मन्त्री यादवबीच छलफल

जनवाच
९ घण्टा अगाडी

काठमाडौँ, जेठ २ — प्रधानमन्त्री केपी शर्मा ओली र भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवबीच आज बालुवाटारमा भएको शिष्टाचार भेटमा हिमाली सुरक्षा र क्षेत्रीय वातावरणीय सहकार्यबारे गम्भीर छलफल भएको छ।

सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन काठमाडौं आएका मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई भेट्दै नेपालले राखेको आमन्त्रण र नेतृत्वको प्रशंसा गरे। उनले सगरमाथालाई ‘विश्वकै छानो’ भन्दै यसको संरक्षणमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले पनि भारतसहित बङ्गलादेश र अन्य दक्षिण एशियाली मुलुकसँग मिलेर हिमाल र वातावरणीय संकटको साझा समाधान खोज्न क्षेत्रीय सम्मेलन आयोजना गर्ने प्रस्ताव अघि सारे। उनले डढाइएका बालीका धुवाँ, ग्लोबल वार्मिङ र हिमालको पग्लनले ल्याएको खतरा कम गर्न सामूहिक प्रयासको आवश्यकता औंल्याए।

भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ