+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

भीषण हावाहुरीले देशभर वितण्डा, तीन जनाको ज्यान गयो

जनवाच
१० घण्टा अगाडी

काठमाडौं, १ जेठ — काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा आइतबार अपरान्ह आएको भीषण हावाहुरीले जनजीवन अस्तव्यस्त बनाएको छ। तीव्र गतिमा चलेको हावाले सडकमा हिँड्नेदेखि सवारी चलाउनेसम्मलाई अप्ठ्यारोमा पारेको छ भने केही स्थानमा जनधनको क्षति पनि भएको छ।

काठमाडौंमा हावाको वेग यति तीव्र रह्यो कि पैदलयात्रीहरूले टिका–तालो समाएर हिँड्नुपरेको दृश्य देखिएको छ। सडकमा गुड्ने साना गाडीहरू समेत सन्तुलन गुमाउने अवस्था आयो।

हावाहुरीको कारणले रुख ढलेर च्यापिँदा पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको ज्यान गएको छ भने कैलालीमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ। अझै पनि अन्य केही स्थानमा क्षतिको विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ