+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

अर्को महामारीको खतरा देखिएको छ :बिरालामा बर्डफ्लू

अध्ययनको निष्कर्षमा भनिएको छ — “पाल्तु जनावरहरूमार्फत मानवीय जोखिम बढ्दो छ।

जनवाच
२० घण्टा अगाडी

काठमाडौं — अमेरिकाको युनिभर्सिटी अफ मेरील्यान्ड स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको अध्ययन अनुसार, पछिल्लो दुई दशकको तथ्याङ्क विश्लेषणले बर्ड फ्लूको भाइरस बिरालाहरूमा निकै आक्रामक ढंगले फैलिएको पाइएको छ।

सन् २००४ देखि २०२४ सम्म १८ देशका १२ प्रकारका बिरालामा गरिएको अध्ययनमा ६०७ संक्रमित बिरालाहरू फेला परे, जसमा ३०२ को मृत्यु भएको छ। वैज्ञानिकहरूका अनुसार संक्रमणको स्रोत प्रायः संक्रमित चरा वा दूषित काँचो मासु भए पनि अब यो स्तनधारी जनावर—जस्तै गाई—बाट पनि परोक्ष रूपमा सर्ने देखिएको छ।

अध्ययनमा भनिएको छ, “भाइरसले अब चराहरूबाट बिरालामा, गाईबाट बिरालामा, र अब मानिससम्म पुग्न सक्ने खतरनाक ढंगले उत्परिवर्तन गरिरहेको छ।”

संक्रमित बिरालाहरूमा प्रायः मस्तिष्कसम्बन्धी लक्षण देखा पर्ने हुँदा धेरैपटक रेबीज भनेर गलत निदान हुने गरेको छ। अझ चिन्ताजनक कुरा त के छ भने घरमा पालेका बिरालामा देखिएको बर्ड फ्लू संक्रमणको मृत्युदर ९० प्रतिशतभन्दा बढी छ।

तर आजसम्म पनि बिरालामा बर्ड फ्लू परीक्षण मृत्युपछि मात्र गरिन्छ, र जीवित बिरालामा सक्रिय निगरानीको व्यवस्था छैन।

हालसम्म विश्वभर ९५० जना मानव संक्रमितमध्ये करिब ५० प्रतिशतले ज्यान गुमाइसकेका छन्। वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि भाइरस निरन्तर फैलँदै जाँदा हावाबाट पनि सजिलै मानिसमा सर्ने खालको रूप लिँदैछ, जसले विश्वव्यापी महामारीको खतरा निम्त्याउन सक्छ।

अनुसन्धानकर्ताहरूले विशेषतः पशु संरक्षण केन्द्रहरू (animal shelters) मा बर्ड फ्लू प्रवेशको जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। ती स्थानहरूमा बिरालाहरू र मानिसहरूको सघन सम्पर्क हुने भएकाले, यदि भाइरस त्यहाँ प्रवेश गर्‍यो भने ठूलो संख्यामा मानव संक्रमण हुनसक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ