काठमाडौं, बैशाख २८ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै सरकारको दृष्टिकोण स्पष्ट पारेका छन्। उनले नीति र योजनामा भन्दा सरकारको नियतमाथि शंका गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्रसभा बैठकमा बोल्दै भने, “सरकारको कार्यक्रमलाई आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो, तर आलोचना पनि तथ्यमा आधारित हुनुपर्छ। योजनालाई हैन, नियतलाई दोष दिने हो भने हामी कहीं पुग्दैनौं।”