+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

हर्क साम्पाङ सुन्दर फूल भन्छु तर कहिलेकाहीं उनी असन्तुलित देखिन्छन् – धरानमा प्रचण्डको प्रहार

जनवाच
१८ घण्टा अगाडी

धरान, वैशाख २८ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै स्थानीय नेता हर्क साम्पाङप्रति प्रशंसा र आलोचनाको मिश्रित टिप्पणी गरेका छन्।

“मैले उहाँलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु,” प्रचण्डले भने, “तर घरिघरि के हुन्छ, हुन्छ। उहाँ माओवादीप्रति यति नकारात्मक हुनु आवश्यक छैन।”

यो टिप्पणीले प्रचण्ड र साम्पाङबीचको वैचारिक दूरी मात्र होइन, वर्तमान स्थानीय नेतृत्व र पूर्व जनयुद्धको राजनीतिक धारबीचको असमञ्जस पनि उजागर गरेको छ।

अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणालीलाई ‘पैसावालहरूको अनुकूल’ भन्दै जनमुखी समानुपातिक र राष्ट्रपतीय प्रणाली अवलम्बन गर्न संविधान संशोधन आवश्यक रहेको धारणा व्यक्त गरे। उनले भने, “अब हामी उत्पीडित वर्गसँग गहिरो सम्बन्ध बनाउने अभियानमा छौं।”

उनका अनुसार, माओवादी केन्द्रले भूकम्प, मधेस आन्दोलन, लोडसेडिङ अन्त्य र मिटरव्याज समस्यामा देखाएको सक्रियता यसको प्रमाण हो कि उनीहरू जनपक्षीय मुद्दामा सधैं अघि छन्।

आफ्नो तेस्रो प्रधानमन्त्रीीय कार्यकालमा भ्रष्टाचारविरुद्ध सुरु गरिएको अभियानको चर्चा गर्दै प्रचण्डले “मैले आफूमाथि पनि अनुसन्धान नछोड्न प्रहरीलाई निर्देशन दिएको थिएँ” भनी दाबी गरे। उनको भनाइमा, यो अभियान कुनै ‘छुट्टै व्यवस्था’ होइन, सबैका लागि बराबरीको नीति थियो।

प्रचण्डले पहिचानवादी आन्दोलन, उत्पीडित समुदाय, प्रगतिशील जनता र नयाँ राजनीतिमा उदाएका अनुहारहरूलाई माओवादी केन्द्रसँग सहकार्य गर्न आह्वान गरे। “माओवादी बलियो नबन्दा जनताको आवाज कमजोर हुन्छ, उनले चेतावनी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ