+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्वसभामुख ढुंगानाको शोकमा आज सार्वजनिक विदा दिने सरकारको निर्णय

जनवाच
५ महिना अगाडी

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले पूर्वसभामुख ढुंगानाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

साथै, ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय समेत भएको सञ्चार मन्त्री गुरुङले जानकारी दिए ।ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।
ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्ता समेत थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ