+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

एसईईमा उत्कृष्ट नतिजा: ४८ हजार बढी विद्यार्थीले ३.६ भन्दा माथिको जीपीए ल्याए

एसईई नतिजाले विद्यार्थीको प्रयास र परिश्रमको प्रतिफल देखाएको छ भने परीक्षा प्रणाली र व्यवस्थापनमा पनि केही सुधार भएको आभास दिएको छ।

जनवाच
६ घण्टा अगाडी

१३ असार, काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.६ देखि ४.० सम्मको उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ हजार नाघेको छ। शुक्रबार सार्वजनिक नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले उत्कृष्ट ग्रेड हासिल गरेका छन्।

पछिल्लो वर्षको तुलनामा यो वर्षको नतिजा सुधारोन्मुख देखिएको छ। गत वर्ष जम्मा ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए भने यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। यसले करिब १४ प्रतिशत सुधारको संकेत गरेको छ।

शिक्षा क्षेत्रमा यो परिणामलाई सकारात्मक परिवर्तनको संकेतका रूपमा लिइए पनि शिक्षाविद्हरू भने गुणस्तरको गहिरो मूल्याङ्कनबिनाको संख्यात्मक सुधारले दीर्घकालीन प्रभाव नपार्न सक्ने चेतावनी दिन्छन्।

यस वर्षको एसईई नतिजाले विद्यार्थीको प्रयास र परिश्रमको प्रतिफल देखाएको छ भने परीक्षा प्रणाली र व्यवस्थापनमा पनि केही सुधार भएको आभास दिएको छ। अब चुनौती भनेको, यसै आधारमा विद्यार्थीलाई भविष्यका लागि मार्गदर्शन गर्न, रुचिअनुसार विषय छनोट गराउन र गुणस्तरीय शिक्षामा जोड दिनु हो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ