+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

खाद्य सुरक्षामा नेपालको दृष्टिकोण प्रस्तुत गर्न आरजु राणा रोम प्रस्थान

विश्व खाद्य सुरक्षाको सन्दर्भमा नेपालजस्तो कृषि–निर्भर राष्ट्रको भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न यो भ्रमण महत्वपूर्ण छ।

जनवाच
४ घण्टा अगाडी

१३ असार, काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय खाद्य सुरक्षामा आफ्ना अनुभव र धारणा राख्न थालेको सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज इटलीको राजधानी रोम प्रस्थान गर्दैछिन्।

खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री राणाले सम्मेलनको मुख्य सत्रका साथै अन्य उच्चस्तरीय छलफलहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।

शनिबारदेखि बिहीबारसम्म चल्ने उक्त सम्मेलनमा मन्त्री राणाले जलवायु परिवर्तन, कृषिमा महिला सहभागिता, र पहाडी क्षेत्रका खाद्य चुनौतीहरूजस्ता विषयमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट पार्नेछिन्।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणाको नेतृत्वमा अष्ट्रियास्थित नेपाली राजदूत भरतकुमार रेग्मीसहित परराष्ट्र मन्त्रालयका केही अधिकारीहरू पनि प्रतिनिधिमण्डलमा सहभागी हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ