१३ असार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको एसईई नतिजा सुधारप्रति खुसी व्यक्त गर्दै उत्तीर्ण विद्यार्थीहरूलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। उनले परीक्षा नतिजा सुधार भएको श्रेय आफू नेतृत्वको सरकारको प्रयासलाई पनि दिएका छन्। यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, गत वर्ष यो संख्या ४७.८६ प्रतिशत मात्र थियो। बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। प्रधानमन्त्री ओलीले नतिजा सार्वजनिक भएपछि विद्यार्थी, अभिभावक र शिक्षकहरूको प्रयासको समेत प्रशंसा गरेका छन्। साथै, शिक्षा प्रणालीमा सुधार ल्याउन सरकारले चालेका कदमहरू क्रमशः परिणाममुखी बन्दै गइरहेको संकेत दिएका छन्।